काठमाडौं : प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र ७ मा राप्रपा नेपालका उम्मेदवार कुमार श्रेष्ठले सत्ता गठबन्धनको समर्थन रहेकी नेपाल समाजवादी पार्टीकी मानुषी यमी भट्टराईलाई समर्थन गर्नु भएको छ।प्रतिगमनविरुद्ध उभिनुपर्ने र यस क्षेत्रमा योग्य जुझारू उम्मेदवार मानुषी भएकाले आफूले समर्थन गरेको श्रेष्ठले आज जारी गरेको वक्तव्यमा उल्लेख छ। तर काठमाडौंकै क्षेत्र १ मा भने राप्रपा नेपालकी प्रतिनिधिसभा उम्मेदवार शान्ति केसीले एमालेका उम्मेदवार किरण पौडेललाई समर्थन गर