काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताले स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोग र राष्ट्रपति विद्यादेवी भण्डारीले अनावश्यक चासो र अनधिकृत ढङ्गले दबाब दिएको निष्कर्ष निकालेका छन् । शनिबार बालुवाटारमा बसेको बैठकले उक्त निष्कर्ष निकालेको गठबन्धनका एक नेताले जानकारी दिए । बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई थमाएको लिखित पत्र र निर्वाचन आयोगले प्रेस विज्ञप्ति निकालेर दिएको दबाब अनुचित रहेको ठहर समेत गरेको छ । बैठकमा ती दुवै विषय छलफलका एजेण्डा नभए पनि नेताहरूबीच