जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य राजेन्द्र महतोले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाएको आरोप लगाएका छन् । आफूहरुले पार्टी विभाजनको माग नगरे पनि निर्वाचन आयोगले भने पार्टी विभाजन गराएको महतोले आरोप लगाएका हुन् ।आयोगमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै महतोले भने, ‘दल जनताबाट निर्माण हुने हो । ५१ जनामात्र दल होइन भन्ने सम्पूर्ण नेपाली जनताले बुझेका छन् । हामीले विभाजनका लागि प्राविधिक काम यहाँ गर्यौँ, यो दूर्भाग्यपूर्ण काम हो ।’‘एक सालअघि उपेन्द्र यादवजीको पार