सर्लाहीको नेपाल–भारत सीमास्थित दशगजाको अधिकांश भागमा स्थानीयले गुजमुज्ज घर–टहरा बनाएर बस्दै आएका छन् । ५१ किलोमिटर दशगजा रहेको सर्लाही खण्डमा झन्डै दर्जन स्थानको सीमामा अव्यवस्थित बसोबास छ । दशगजामा कतै नेपाल पक्षले त कतै भारतीय पक्षले स–साना टहरा बनाएर बस्दै आएका छन् भने कतै वर्षौंदेखि जंगे पिलर नै लडिरहेको अवस्थामा छ ।