पूर्णखोप नलगाएका बालबालिकामा यो रोग देखिएको उनले बताए। उनीहरू जाने विद्यालय, सम्पर्कमा आउने वा घुलमिल हुने समुदायमा दादुराविरुद्धको खोप लगाउन लागिएको हो।
काठमाडौँ, ३ चैत । काठमाडौँ महानगरपालिकाले गत फागुन १६ गतेदेखि सुरु गरेको रुबेला–दादुराविरुद्धको खोप कार्यक्रममा दुई लाख १२ हजार तीन सय ६९ बालबालिकाले खोप लगाएका छन् । बत्तिस वटै वडामा दुई चरणमा खोप कार्यक्रम सञ्चालन गरेको कामपाले पहिलो चरणमा वडा नं १, २, ३, ८, ९, ११, १२, १७, १८, १९, २०, २१, २२, २३, […]
पाटन– आइतबारदेखि सुरु भएको दादुरा-रुबेलाविरुद्धको खोप अभियानमा ललितपुरका एक लाख ५६ हजार सात सय ६२ बालबालिकालाई लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका खोप अधिकृत पार्थमणि न्यौपानेले दिएको जानकारी अनुसार ललितपुरका छ स्थानीय तहका छ सय २२ खोप केन्द्रबाट एक लाख ५६ हजार सात सय ६२ बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप लगाउने गरी तयारी भएको छ […]
जनकपुरधाम, १३ फागुन । सरकाकरले आजदेखि सुरु गरेको दादुरारुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मधेश प्रदेशका आठ जिल्लाका १९ लाख ४७ हजार एक सय ४२ जना बालबालिकालाई खोप लगाइने भएको छ । आज जनकपुरधाम उपमहानगरपालिका– २३ स्थित श्रीराम लक्ष्मण राष्ट्रिय प्राथमिक विद्यालाय केन्द्रबाट उपमहानगरप्रमुख मनोजकुमार साह र मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा राजीवकुमार झाले खोप अभियानको शुभारम्भ […]
कञ्चनपुर – कञ्चनपुरमा एक लाख ४७ हजार चार सय ५३ बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जेठ अन्तिम साता सञ्चालन गरेको खोप अभियानमा लक्ष्यभन्दा ३० हजार बढी बालबालिकाले खोप लगाएका हुन् । स्वास्थ्य कार्यालयले छ महिनादेखि १५ वर्षमुनिका एक लाख १८ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखेको कार्यालयका कोल्ड […]
चितवन– जिल्लाको इच्छाकामना गाउँपालिकामा आजदेखि दादुरा रोग विरुद्धको विशेष खोप सुरु गरिएको छ । गाउँपालिकामा दादुरा सङ्क्रमित भेटिएसँगै तीन दिनका लागि खोप अभियान सुरु गरिएको हो । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ र ६ मा अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ती वडामा रहेका छ महिनादेखि १५ […]
चितवन – चितवनको इच्छाकामना गाउँपालिकामा दादुरा रोगविरुद्धको खोप दिन लागिएको छ । गाउँपालिकामा दादुराका बिरामी भेटिएसँगै खोप लगाउने तयारी थालिएको हो । इच्छाकामना गाउँपालिका वडा नं ६ मा दादुरा देखिएको हो । स्वास्थ्य कार्यालयका अधिकृत जयराम दुबाडीका अनुसार इच्छाकामना गाउँपालिकामा पाँच वर्ष र १२ वर्षका बालबालिकामा यो रोगको सङ्क्रमण देखिएको हो । सङ्क्रमण देखिएसँगै जेठको […]
नेपालगञ्ज – बाँकेको कोहलपुरमा पनि आजदेखि दादुराविरुद्धको खोप लगाउन शुरु गरिएको छ। स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार, कोहलपुर नगरपालिकाका चार वटा वडाका ६ वटा खोप केन्द्रबाट खोप लगाउन शुरु गरिएको छ। कोहलपुरमा पहिलो दिन २, ११, १३ र १४ नम्बर वडामा खोप अभियान सञ्चालन गरिएको छ । कोहलपुर नगरपालिकामा १५ वटा वडा […]
नेपालगञ्ज – नेपालगञ्जका विभिन्न वडामा दादुरा खोपसम्बन्धी अभिमुखीकरण गरिएको छ। दादुरा संक्रमण फैलिएपछि विशेष अभियानको रुपमा दादुराविरुद्धको खोप लगाउने काम भइरहेपनि त्यसमा समुदायबाट खासै चासो नदेखाइएपछि नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले अभिमुखीकरण गरेको हो। दादुरा संक्रमण फैलिएका सबै वडाहरुमा अभिमुखीकरण चलाउने रणनीति बनाइएको छ। अभिमुखीकरणमा जनप्रतिनिधि, स्थानीय अगुवा, धार्मिक गुरुहरुलाई सहभागी गराइएको छ। अभिमुखीकरणमा दादुराबारेमा जानकारी […]
काठमाडौँ : नेपालगञ्जमा तीव्र रूपमा फैलिएको दादुरा संक्रमण नियन्त्रण गर्न दादुराविरुद्धको खोप अभियान तीव्र पारिएको छ।दादुरा फैलिएको नेपालगञ्ज उपमहानगरका ५, ७ र ८ नम्बर वडामा स्थानीय तह, प्रदेश सरकार, प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त प्रयासमा खोप कार्यक्रम तीव्र पारिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताए।उनका अनुसार हाल स्कुल र स्थानीय स्वास्थ्य संस्थालाई आधार मानेर ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई
नेपालगञ्ज – नेपालगञ्जका दुई वटा वडाका ५ सय ५४ जना बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको छ। नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार वडा नं. ५ मा २ सय ९५ र वडा नं. ७ मा २ सय ५९ जनालाई दादुराविरुद्धको खोप लगाइएको हो। वडा नं. ५ बाट दादुरा फैलिएपछि स्वास्थ्य कार्यालय बाँकेले त्यहीँबाट दादुराविरुद्धको खोप […]