अनलाइन २०२१ वर्ल्ड तेक्वान्दो एसिया पुम्से खुला च्याम्पियनशीपका लागि २ नेपाली अन्तर्राष्ट्रिय निर्णायक छनोट भएका छन् ।
अन्तर्राष्ट्रिय निर्णायकद्वय नोर्बु लामा र मिन न्यौपाने प्रतियोगिताको निर्णायकमा छनोट भएका हुन् ।
नेपालबाट २ निर्णायक मात्र छनोट भएका बताइएको छ ।
प्रतियोगिता जुलाई ११ देखि १८ तारिखसम्म सञ्चालन हुनेछ । त्यसअघि प्राविधिकको भर्चुअल बैठक जुलाई १० तारिखमा हुनेछ ।