काठमाडौँ- नेकपा एमालेले संसदको कार्यकाल सकिने बेलामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव अघि बढाउनु बदनियतपूर्ण भएको जिकिर गरेको छ। संसदमा सत्ता गठबन्धनले दर्ता गरेको महाअभियोगबारे पाँच महिनापछि छलफल सुरु गरेपछि विपक्षी एमालेले सत्ता गठबन्धनको नियममाथि औंला उठाएको हाे। राणालाई अभियोग लगाएर त्यसलाई बिना निष्कर्ष छाड्ने रणनीतिका साथ छानबिन समितिमा पठाउन लागिएको एमाले सांसदहरूले […]