काठमाण्डाै – समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर नेपाली कांग्रेसभित्र देखिएको विवाद तत्कालका लागि अन्त्य भएको छ । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा आज आइतवार बसेको शीर्ष नेताहरूको बैठकले शेखर कोइराला पक्षलाई पनि सम्मानजनक स्थान दिने निर्णय गरेपछि विवाद समाप्त भएको हो ।
विवाद सकिएपछि नेपाली कांग्रेसले समानुपातिकतर्फको संशोधित बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव तथा राष्ट्रिय सभा सांसद कृष्णप्रसाद पौडेलले संशोधित बन्दसूची आयोगमा बुझाएको ज...