नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई अध्यक्षबीचको मुख्य विमतिले पार्टी विवाद चुलिदै गएपछि उपाध्यक्ष वामदेव गौतमले विवाद सल्टाउने मध्यमार्गी उपायसहितको छ बुँदे सुझाव पेश गर्नुभएको छ । उपाध्यक्ष गौतमले सोमबार सो सुझाव सार्वजनिक गर्नुहुँदै आफ्नो सुझावअनुसार अगाडि बढेमा पार्टीको विवाद तत्कालका लागि अन्त्य हुने दावी गर्नुभएको छ ।