भारतमा अध्ययनरत नेपाली विद्यार्थी मृत भेटिए, हत्या गरिएको आशंका

भारतमा अध्ययनरत बझाङका एक विद्यार्थी मृत फेला परेका छन् । बझाङको मष्टा गाउँपालिका वडा नं ४ बास्तोली घर भएका १९ वर्षीय रोहित चँदाराको शव इनारमा फालिएको अवस्थामा फेला परेको थियो ।

सम्बन्धित सामग्री

अष्ट्रेलियामा एक नेपाली विद्यार्थी मृत फेला

काठमाडौँ– अष्ट्रेलियामा एक नेपाली युवती मृत अवस्थामा फेला परेकी छन् । सिड्नीस्थित लेनकोभमा २२ वर्षिय सुस्मिता कपाली मृत अवस्थामा भेटिएकी हुन् । कीर्तिपुर घर भएकी कपाली अध्ययनका लागि सन् २०२० मा अष्ट्रेलिया पुगेकी थिइन । घटना बारे न्यु साउथ वेल्स प्रहरीले अनुसन्धान गरिरहेको छ । मृतकको शव नेपाल पठाउन न्यु साउथ वेल्सको गैर आवासिय नेपाली […]

सिड्नीमा नेपाली विद्यार्थी मृत भेटिए

मेलवर्नमा एक नेपाली विद्यार्थीको मृत्य भएको एक साता नबित्दै अस्ट्रेलीयाकाे सीड्नीमा अर्का एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। उदयपुरका स्थायीबासिन्दा अन्जन कुमार भट्टराई सिड्नीस्थित आफ्नै डेराभित्र मृत भेटिएका हुन्। उनको मृत्युको कारण भने पुष्टि भइसकेको छैन।चिकित्सकहरुका अनुसार ब्रेनह्यामरेजबाट उनको मृत्यु भएको हुनसक्ने अनुमान छ। आइतबार साँझ साथीभाईसँग भेटघाटपछि अन्जनअसाइन्मेण्ट गर्न डेरामै बसेकाथिए करिब १ घण्टापछि काममा गएका साथीहरु फर्किएर आउँदा अन्जान अचेत अवस्थामा भेटिएका थिए। चिकित्सकहरुले सोमबार बिहान करिब २ बजे उनलाई मृत घोषणा गरेका थिए। कोरोनाबाट विस्तृत रिपोर्ट आएपछि मात्रै उनको मृत्युको कारणबारे तथ्य खुल्ने चिकित्सकहरुले बताएका छन्। अन्जन सिक्युयु विश्वविद्यालयमा एकाउण्टिङमा स्नातकोत्तर अध्ययन गर्दै थिए । विगत केही समय देखि अन्जनले खुट्टाको दुखाइका कारण नियमित औषधी सेवन गर्दैआएको उनका साथी अभिषेक थापाले बताएका छन्।