काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतका लागि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी,नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका छन्। आइतवार नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्ड, नेपाल र यादवबिच छलफल भएको हो। दुवैजना अध्यक्षसँगको छलफल सकारात्मक भएको प्रचण्डको सचिवालयले जनाएको छ। …