नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप ८० हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।
सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार थप ८० हजार ८३४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
“एकैदिनमा यति मानिस सङ्क्रमित भएको ७१ दिनपछिकै सबैभन्दा थोरै हो,” केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
पछिल्ला केही दिनदेखि भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी हुँदै आएको देखिएको छ ।
भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको कुल सङ्ख्या ...