अर्जेन्टिनाकी एक न्यायाधीशले प्रहरी हत्या आरोपीलाई चुम्बन गरेको र उनलाई जन्म कैदको सजायबाट जोगाउन खोजेको खुलासा भएको छ । एउटा सीसीटीभी फुटेजमा न्यायाधीशले अभियोगीलाई पटक पटक चुम्बन गरेकी देखिन्छन् । मारियल सुअरेज नाम गरेकी न्यायाधीशले ट्रिलिउ सहरनजिकैको जेलमा रहेका कैदी क्रिष्टिनय माई बुस्टोसलाई चुम्बन गरेकी हुन् । एक साताअघि मात्र न्यायाधीशहरुको एउटा प्यानलले प्रहरी अधिकारीको हत्या गरेको अभियोग लागेका बुस्टोसमाथि हुने सम्भावित जन्म कैदको सजायबारे छलफल गरेको थियो । प्यानलमा सुअरेज पनि