सीसीटीभी फुटेज 'डिलिट' प्रकरण : ‘बदमासी लुकाउन अर्काे बदमासी’– प्रदीप ज्ञवाली

काठमाण्डाै – बजेट बनाउने बेलाको सीसीटीभी फुटेज डिलिट गरेर अर्थ मन्त्री जनार्दन शर्माले ठूलै आर्थिक चलखेल गरेको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आरोप लगाउनुभएको छ । उपमहासचिव ज्ञवालीले बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश गराएको सरकारले त्यसको सीसीटीभी फुटेज डिलिट गराएर अर्को जघन्य अपराध गरेको उपमहासचिव ज्ञवालीको दाबी छ ।  आज सोमवार संसद् भवन परिसरमा पत्रकारहरूमाझ उहाँले याे घटनाको सीसीटीभी फुटेज डिलिट भएको भनेर अर्थ मन्त्रालयले त्यसमा गम्भीर घोटाला भएको आफैँले पुष्टि गरेको जिकिरसमेत गर्नुभ...

सम्बन्धित सामग्री

जनार्दन शर्मा प्रकरण : संसदीय समितिको प्रतिवेदनमा एमालेको फरक मत (पूर्ण पाठसहित)

काठमाण्डाै – संसदीय छानविन विशेष समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई सफाइ दिने गरी बुझाएको प्रतिवेदनमा एमालेका सांसदहरूले फरक मत राखेका छन् । समितिमा रहेका एमालेका सांसदहरू खगराज अधिकारी, प्रदीप ज्ञवाली, विमला विक र भानुभक्त ढकालले प्रतिवेदनमा फरक मत राखेका हुन् । एमाले सांसदहरूको फरक मतमा छानबिनको दायरामा रहेका व्यक्तिहरूको कल डिटेल र मोबाइल लोकेसन उपलब्ध नगराएको, बजेट निर्माणको रातिको सम्पूर्ण दृश्य सङ्ग्रहित दुरुस्त अवस्थाको सीसीटीभी फुटेज उपलब्ध नगराएको लगायत विषय उल्लेख गरिएको छ । कतिपय दस्त...

सीसीटीभीको गहिराइमा पुगेर सत्यतथ्य छानबिन हुन्छ : प्रदीप ज्ञवाली

काठमाण्डाै - नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले दबाब, प्रभाव र स्वार्थमा नपरि छानबिन गर्ने बताउनु भएको छ । काठमाण्डौमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले छानबिनका क्रममा यो घटनालाई तोडमोड गर्न नदिने पनि दाबी गर्नुभयो । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गर्न दिइ करकाे दर हेरफेर गरेको र सीसीटीभी फुटेज मेटाएको भन्ने विषयमा गहिराइम...

जनार्दन प्रकरणः छानबिन समितिले जेठको सीसीटीभी फुटेज माग्दा अर्थले असारको दियो

बजेट निर्माणमा विचौलियालाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लगोपछि अर्थमन्त्री पदबाट राजीनामा दिएका जनार्दन शर्मामाथि संसदीय छानबिन समितिले छानबिन गरिरहेको छ । उक्त छानबिन समितिले अर्थ मन्त्रालयसँग बजेट निर्माणका बेलाको सीसीटीभी फुटेज माग्यो । तर, अर्थले अर्कै महिनाको फुटेज दिएको छ ।समितिलाई अर्थ मन्त्रालयले शुक्रबार सीसीटीभी फुटेजको ‘हार्ड डिस्क’ दियो । छानबिन समितिका सदस्यहरुले उक्त हार्ड डिस्कलाई शुक्रबार र शनिबार गहन ढङ्गले हेरे । तर, जेठको फुटेज माग गरिएकोमा अर्थले असार महिनाको दिएको पाईएको छ । छानबिन विशेष समितिले जेठ महिना भरको सीसीटीभी फुटेज मागेको थियो । तर, अर्थले असार महिनाको फुटेज भएको हार्ड डिस्क दिएको हो ।‘हामीले मागेको जेठ महिना भरीको फुटेज थियो, अर्थबाट आएको फुटेज हेर्दा त असारको पो रहेछ’ छानबिन समितिका एक सदस्यले भने । असार २२ गते गठित छानबिन समितिले अर्थसचिव मधु मरासिनी, राजस्व सचिव कृष्णहरि पुष्करसहित अर्थ मन्त्रालय मातहतका विभिन्न विभागका महानिर्देशकहरुसँग बयान लिईसकेको छ । जेठ १४ गते खेताला विज्ञ ल्याएर करका दर हेरफेर गराएको आरोप जनार्दन शर्मामाथि लागेपछि उपभोक्ता हित संरक्षण मञ्चले सीसीटीभी फुटेज माग गरेको थियो । तर, अर्थ मन्त्रालयले फुटेज डिलिट भएको जवाफ दिएको थियो ।समितिमा सांसदहरू लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव सदस्यहरु रहेका छन् । समितिले गत असार २८ गते मंगलबारको मितिले १० दिनभित्र प्रतिवेदन संसदमा बुझाउनु पर्नेछ ।