भूगर्भविद्हरुले गुल्मीमा तामा, फलाम र सिसा खानी रहे–नरहेको बारे अनुसन्धान सुरु गरेका छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत भूगर्भ शास्त्र विभागका प्राध्यापक डा. कविराज पौडेलको नेतृत्वमा ९ जनाको समूहले सत्यवती गाउँपालिका–८ भार्सेमा तामा, फलाम र सिसा खानीको अनुसन्धान सुरु गरेको हो ।