काठमाडौं । नेपालका लागि महिन्द्रा पावरोल डिजेल जेनेरेटरको आधिकारिक विक्रेता अग्नि मोटोइंक (अग्नि ग्रुपको भगिनी संस्था)ले विराटनगरमा ‘डिलरशिप एमएस प्याक्ट प्रालि’ सञ्चालनमा ल्याएको छ । अग्नि ग्रुपले महिन्द्रा युटिलिटी भेहिकल, ट्र्याक्टर तथा इलेक्ट्रिक सवारीसाधनकोे आयात तथा वितरण गर्दै आएको छ ।
जेनेरेटर बजारमा पावरोल डिजेल जेनेरेटरले छुट्टै पहिचान बनाएको कम्पनीको भनाइ छ । बजारमा ५ केभीएदेखि ६२५ केभीएसम्मका २८ मोडलका जेनेरेटर रहेको कम्पनीले जानकारी दिएको छ । अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले महिन्द्रा पावरोल नेपालको जेनेरेटर उद्योगमा अगाडि रहेको र सबैको रोजाइमा परेको बताए । उत्कृष्ट सेवा र देशव्यापी नेटवर्कका कारण छोटो अवधिमा यसलाई अग्रणी ब्रान्डको रूपमा स्थापित गर्न सकिएको उनको भनाइ छ । प्याक्ट पावरका प्रबन्ध निर्देशक दर्शन कार्कीले महिन्द्रा पावरोल डिजल जेनेरेटरले कम ध्वनि प्रदूषणका साथै अधिक इन्धन बचत गर्ने बताए । ग्राहकको सन्तुष्टि तथा विक्रीपछिको सेवामा विशेष ध्यान दिइएको उनको भनाइ छ ।