एमबीबीएस प्रवेश परीक्षा केन्द्रमा शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्नातक तहको एकीकृत (एमबीबीएस) प्रवेश परीक्षा केन्द्रमा निरीक्षण गरेका छन् । शुक्रबार काठमाडौं उपत्यकामा सञ्चालित दुई परीक्षा केन्द्रमा मन्त्री पौडेलले निरीक्षण गरेका हुन् ।‘देश विदेशबाट परीक्षा दिन परीक्षार्थी आउनुभएको छ’ चिकित्सा शिक्षा आयोगका उपाध्यक्षसहितका प्रतिनिधिलाई मन्त्री पौडेलले भने, ‘चिकित्सा शिक्षा आयोगले लिने परीक्षामा अहिलेसम्म प्रश्न उठेको छैन यसलाई थप मजबुद बनाउँदै लैजानुहोला ।’ मन्त्री पौडेलले नेपा

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश सरकारले ९ जनालाई एमबीबीएस पढ्न छात्रवृत्ति दिने

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगतको उच्च शिक्षा महाशाखाका अनुसार चिकित्सा शिक्षा आयोगबाट शैक्षिक सत्र २०८०/८१ का लागि सञ्चालित एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरेका र सुदूरपश्चिम प्रदेशमा स्थायी बसोबास भएका विद्यार्थीहरुले छात्रवृत्ति पाउने छन्।

मिदासले सुरु गर्‍यो एमबीबीएस इन्ट्रान्स तयारीका लागि अनलाइन कक्षा

काठमाडौं । एमबीबीएसको प्रवेश परीक्षा तयारी गर्न इच्छुक विद्यार्थीहरूले घरमै बसेर इन्टर्नेटमार्फत् अनलाइन कक्षा पढ्न पाउने भएका छन्। दुई दशकदेखि डिजिटल शिक्षामा काम गर्दै आएको मिदास एजुकेसन प्रालिले उच्चतम प्रविधि प्रयोग गरी घरमै बसेर न्यून शुल्कमा एमबीबीएस प्रवेश परीक्षाको तयारी गर्न पाउने ब्यवस्था मिलाएको छ । मिदास इक्लासमा एमबीबीएसको साथै बीडीएस, बीएस्सी. नर्सिङ, बी परफ्युजन […]

अरूका नाममा एमबीबीएस प्रवेश परीक्षा दिन गएका ४ पक्राउ

काठमाण्डाै – काठमाण्डाै र भक्तपुरका परीक्षा केन्द्रबाट एमबीबीएस परीक्षा दिन गएका चार जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले आज शुक्रवार अरूका नाममा परीक्षा दिन पुगेका चार जनालाई पक्राउ गरेको हो । भक्तपुर र काठमाण्डाैका परीक्षा केन्द्रबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  आजदेखि एमबीबीएस प्रवेश परीक्षा सुरु भएको छ ।

एमबीबीएस प्रवेश परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ – एमबीबीएस अध्ययनका लागि लिने प्रवेश परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएका छन्। काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा नक्कली परीक्षार्थी भेटिएका हुन्। उनीहरूलाई पक्राउ गरेर ल्याउने काम भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ। महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाका अनुसार काठमाडौं र भक्तपुर जिल्लाबाट पाँच जनाभन्दा बढी नक्कली परीक्षार्थी पक्राउ परेका हुन्। ‘हामीले पाँच जनाभन्दा बढी […]

चिकित्सा शिक्षा: एमबीबीएस लगायत स्नातक तहको प्रवेश परीक्षा चैतमा हुने

चिकित्सा शिक्षा आयोगले एमबीबीएस/बीडीएस लगायत चिकित्सा शिक्षाको स्नातक तह तर्फको एकीकृत प्रवेश परीक्षा आगामी चैतमा गर्ने तयारी गरेको छ।

एमबीबीएसमा नाम निकाल्न सफल थारु विद्यार्थी सम्मानित

थारु विद्यार्थी समाजले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा (एमबीबीएस)मा नाम निकाल्न सफल भएका थारु विद्यार्थीहरुलाई सम्मान गरेको छ।

सिरिजङ्गा गाउँपालिकाले एमबीबीएस पढाउने

चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबीबीएस अध्ययन गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई सिरिजङ्घा गाउँपालिकाले निःशुल्क पढाउने घोषणा गरेको छ । बिहीबार गाउँपालिको नवौँ गाउँ सभामार्फत एमबिबिएस पढाउने घोषणा गरेको हो ।वर्षमा एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गर्ने एक विद्यार्थीलाई गाउँपालिकाको खर्चमा निःशुल्क पढाउने गाउँपालिकाले जनाएको छ । विद्यार्थीले पढाइ सकेपछि अनिवार्य दुई वर्ष गाउँपालिकाभित्र स्वास्थ्य कार्यालयमा सेवा गुर्न पर्ने गाउँपालिकाले जनाएको छ । ‘निः

एमबीबीएस प्रवेश परीक्षा रद्द

काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थानले एक महिनाअघि लिएको एमबीबीएस प्रवेश परीक्षा दद्द गरेको छ । त्रिवि कार्यकारी परिषद्को निर्देशन अनुसार स्नातक तह प्रवेश...