कोरोना भगाउने र ज्यान जोगाउने उपाय पत्ता लाउन नसकेर तिरीमिरी झ्याइँ भएको सरकार र सरकार हाँक्ने दलका मान्छे अहिले अरुका आँखामा तोरीको फूल हालेर तिरीमिरी देखाउन व्यस्त छन् । सरकार अस्पतालमा शय्याको सट्टा आर्यघाटमा दाउरा थप्न तल्लिन छ । नागरिक श्वासप्रश्वासको खोजीमा छन् । तर, सरकार विश्वास अविश्वासको खेल हुँदै चुनावको बाकस तयार गर्न मस्त छ । नागरिक खोपको पर्खाइमा छन्, नेता संविधानको धाराबाट पानी झार्न व्यस्त । अन्त कतै नदेखेको, नसुनेको, यहाँ कसैले सोच्दै नसोचेको, कल्पनै नगरेको, सितिमिति अरुले आँट्न पनि नसक्ने यस्तो अचम्म कि...