प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्च अदालतको फैसलाले एकछिन बादल लागेको भए पनि बादल हटाएर फेरि सूर्य उदाउने बताएका छन् ।
मंगलवार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै ओलीले पार्टीका नेता कार्यकर्तालाई धैर्यता राख्न र आत्मविश्वास कम हुन नदिन आग्रह गरे ।
उनले भने, ‘अदालतको फैसला अनुचित छ, हाम्राविरुद्ध छ । जे भए पनि अदालतको फैसलालाई मानेर, कार्यान्वयन गरेर अगाडि बढ्छौं ।’
प्रतिपक्षमा रहेर भएपनि समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभिभारा हाम्रो काँधमा रहेको ओलीले बताए । ‘सब...