नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देश र जनतालाई केपी शर्मा ओलीको भय र त्रासबाट मुक्ति दिलाउने बाचा गर्दै पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा विजय हासिल गरे । महाधिवेशन आयोजक समितिको अध्यक्षता गरिरहँदा उनले १४ औं महाधिवेशन उद्घाटन सत्रमै सभापति पदको उम्मेदवार समेतका रुपमा त्यस्तो बाचा गरेका थिए ।देउवाले त्यतिबेला सभापति पदको उम्मेदवारका रुपमा मात्र बोलेका होइनन् । प्रधानमन्त्रीसमेत रहेका कारण उनले बोलेका कुरालाई पार्टीको आन्तरिक चुनावमा एक प्रत्यासीका रुपमा दिएको अभिव्यक्तिका रुपमा मा