काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नेपाल इन्भष्टमेण्ट मेगा बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको अंकित मूल्य एक हजार रुपैयाँ दरका ४० लाख ४० हजार कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।
‘१० प्रतिशत एनआईएमबी डिबेन्चर २०९०’ सूचीकरणको लागि नेप्से र बैंकबीच सम्झौता भएको छ । यससँगै चैत १८ गते अर्थात् आगामी आइतवारदेखि उक्त ऋणपत्र दोस्रो बजारमा किनबेच गर्न पाइने छ ।
बैंकले धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटलमार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि विक्री खुला गरेको थियो । आगामी १० वर्ष अवधिका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गरेको हो ।
काठमाडौं । नेपाल सरकारका दुईओटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका छन् । सरकारको विकास ऋणपत्र २०८६ ‘छ’ र २०८८ ‘ख’ नेप्सेमा सूचीकृत भएका हुन् । यी ऋणपत्र क्रमशः ६ वर्षे र ८ वर्षे अवधिका हुन् ।
विकास ऋणपत्र २०८६ ‘छ’ गत साउन १९ गते निष्कासन भएको थियो । यो ऋणपत्रको भुक्तानी मिति २०८६ साउन १९ गते रहेको छ । यसमा लगानीकर्ताले वार्षिक ६.५ प्रतिशत ब्याज पाउनेछन् ।
त्यस्तै विकास ऋणपत्र २०८८ ‘ख’ गत साउन २९ गते निष्कासन भएको थियो । यो ऋणपत्रको भुक्तानी मिति २०८८ साउन २९ गते रहेको छ । यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन् ।
काठमाडौं । नेपाल सरकारको विकास ऋणपत्र सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्कासन गरिएको कुल रू. १५ अर्ब बराबरको विकास ऋणपत्र सूचीकृत भएको हो । २०८४ ‘झ’ नामक विकास ऋणपत्र चार वर्ष अवधिको लागि रू. ८ अर्ब बराबरको र २०८४ ‘ञ’ नामक विकास ऋणपत्र पाँच वर्ष अवधिको रू. ७ अर्ब बराबरको विकास ऋणपत्र सूचीकृत भएको हो ।
राष्ट्र बैंकले २०८४ ‘झ’ नामक विकास ऋणपत्र वार्षिक ९ दशलमव ५० प्रतिशत ब्याजदरमा माघ १८ गते निष्कासन गरेको थियो । यसको साँवा भुक्तानी २०८४ माघ १८ गते हुनेछ । त्यसैगरी २०८४ ‘ञ’ नामक विकास ऋणपत्रको वार्षिक ८ दशलमव ९८ प्रतिशत ब्याजदरमा माघ २५ गते निष्कासन भएको थियो । ऋणपत्रको साँवा भुक्तानी २०८४ माघ २५ गते हुनेछ ।
सानिमा बैंकको ‘१०.२५% सानिमा डिवेञ्चर २०८९’ नामक ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ ।१० वर्षे अवधिको ५० लाख कित्ता ऋणपत्र मंगलबार सूचीकृत गर्न नेप्से र बैंकबीच सहमति भएको हो । उक्त ऋणपत्र सूचीकृत भएसँगै बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । कम्पनीको ऋणपत्रलाई नेप्सेले एसबीडी ८९ संकेत दिएको छ ।यही संकेतमा ऋणपत्र कारोबारमा […]
काठमाडौं, १७ असार । नेपाल स्टक एक्सचेन्जमा सेन्चुरी बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको २२ लाख इकाई ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत २१ वैशाखदेखि ४ जेठसम्म दुई अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरेको थियो । बैंकले ‘१०।५० प्रतिशत सेन्चुरी डिबेन्चर २०८८’ को नाममा ऋणपत्र जारी गरेको हो । यस […]
चैत २९, काठमाडामैं । मंगलवार नेप्सेमा सिभिल बैंकको ऋणपत्र सूचीकृत भएको छ । कम्पनीको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अब यो ऋणपत्र हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।
सिभिल बैंक डिवेञ्चर २०८८ डिबेञ्चर नामक ऋण सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ३० लाख कित्ता ऋणपत्र सूचीकृत गराएको हो । यस ऋणपत्रको वार्षिक ब्याजदर १० दशमलव २५ रहेको कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं (अस) लक्ष्मी बैंकले निष्कासन गरेको २ अर्ब मूल्य बराबरको ८.५५ लक्ष्मी बैंक डिबेन्चर, २०८८ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
सूचीकरणपछि यो ऋणपत्र नेप्सेमा दोस्रो बजार कारोबार गर्न सकिनेछ । बिहीबार सो ऋणपत्र सूचीकरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाल तथा लक्ष्मी बैंकका प्रमुखकार्यकारी अधिकृत अजयविक्रम शाहले हस्ताक्षर गरे ।
बैंक अफ काठमाण्डूको ऋणपत्र बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकले गत मंसिर २४ गतेदेखि २९ गतेसम्म विक्री गरी पुस ८ गते बाँडफाँट गरेको १६ लाख कित्ता ऋणपत्र सूचीकृत गराएको हो ।आइतबारदेखि कारोबारयोग्य हुने यो ऋणपत्र सम्बन्धीत ऋणपत्र धनीले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । बैंकले […]
जेठ १०, काठमाडौं । एनसीसी बैंक(नेपाल क्रेडिट एण्ड कमर्स) को ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सोमवार सूचीकृत भएको छ ।
कम्पनीको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । कम्पनी र नेपाल स्टक एक्सचेञ्ज बीच धितोपत्र सूचिकरण सम्झौता सोमवार भएसँगै लगानीकर्ताले मंगलवारदेखि उक्त ऋणपत्र खरीदविक्री गर्न सक्नेछन् ।
कम्पनीले ९ दशमलव ५ प्रतिशत एनसीसी ऋणपत्र २०८६ ऋणपत्र सूचीकृत गराएको हो ।