जेठ १९ : सम्झनामा तत्कालीन राजा वीरेन्द्रको परिवार
बिहीबार तत्कालीन राजा वीरेन्द्र शाहको परिवारको हत्या भएको २१ वर्ष पुगेको छ। २०५८ साल जेठ १९ गते राति नारायणहिटी राजदरबारमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रसहित राज परिवारका आठजनाको हत्या भएको थियो।
काठमाडौं : नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्व सभापति विकास लामाको सम्झनामा दिप प्रज्ज्वलन गरिएको छ। विपि अध्ययन केन्द्र सिन्धुपाल्चोकको आयोजनामा काठमाडौंको बौद्ध स्तुपमा लामाको सम्झनामा दिपप्रज्वलन गरिएको हो।
केन्द्रका संस्थापक अध्यक्ष रहेका लामाको असार ९ गते बिहान निधन भएको थियो। कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले विकास लामा बहुआयामिक व्यक्तित्व…
भोटेकोसी गाउँपालिका वडा नं. २ का पूर्ववडाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले दिवंगत आमाबुबाको सम्झनामा टुहुरा र असहाय बालबालिकालाई छात्रवृत्ति प्रदान गरेका छन्।
आमा सुनमाया र बुबा जितकुमारको स्मृतिमा उनले गत वर्षदेखि टुहुरा, असहाय...
कांग्रेस नेता प्रदीप गिरिको सम्झनामा सिजी शाश्वतधामस्थित एकाम्बरेश्वर महादेव मन्दिरमा विशेष पूजा आयोजना गरिएको छ। शनिबार निधन भएका कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य गिरिको मुक्ति र बैकुण्ठबासको कामनासहित श्रीमद्भागवतगीता पाठ र...
रुकुम पश्चिम – आफ्ना स्वर्गीय हजुरबुवाको सम्झनामा जिल्लाको विकट गाउँमा पुल निर्माण गरिएको छ । जिल्लाको आठबीसकोट नगरपालिका–५ गोतामकोटमा पर्ने घट्टेखोलामा काठेपुल निर्माण गरिएको हो ।स्थानीय भण्डारी गाउँका लालबहादुर भण्डारीले आफ्नो स्वर्गीय हजुरबुवा प्रवीर भण्डारीको सम्झनामा घट्टेखोलामा काठेपुल बनाउनुभएको हो । घट्टेखोलामा बर्खाको समयमा स्थानीयलाई वारपार गर्न समस्या हुने भएकाले पुल बनाइएको भण्डारीले बताउनुभयो । यसअघि बनाइएको लाप्को खोलाले बगाएपछि वारपार गर्न गाउँवासीलाई सास्ती भएको थियो । अब पुलसँगै बार समेत लगाइए...
सिमकोट – उपचारका क्रममा काठमाडौँको सुमेरु अस्पतालमा निधन भएका पत्रकार नन्द ऐडीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ। पत्रकार महासंघ हुम्ला शाखाका सदस्य रहेका स्वर्गीय ऐडीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावतले सत्यतत्थ्य र यथार्थ समाचार सम्प्रेषण गर्ने पत्रकार ऐडीका असल गुण भएको बताए। उनले सानै उमेरबाट […]
आमा, म बाल्ने छु सधैँ एउटा उज्यालो ज्योति तिम्रो सम्झनामा। बाजेले जोगाएको एउटा पुलकित विरासत बाबुले आर्जेको एउटा गर्विलो गौरव म कदापि ढल्न दिने छैन कुनै वैरीको स्वार्थका खातिर।। जहिले सम्म रोकिन्नन् बग्दै गरेका नदीहरू जहिले सम्म फर्किन्नन् उड्दै गरेका चराहरू जब मेटिन्नन् आइरहने यादहरू र जब सम्म बगिरहन्छ रातो रगत सधैँ म लडिरहने छु […]
वार्सिलोना । स्वर्गीय सन्तकुमार थापा मगरको सम्झनामा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले ‘दोश्रो इनास अनलाइन गायन तथा नृत्य प्रतियोगिता’ गर्ने भएको छ। इनास युरोपका संयोजकसमेत रहेका स्वर्गीय थापाको सम्झनामा भर्चुअल माध्यमबाट नै प्रतियोगिता हुन लागेको हो। डेनमार्कमा निवासी थापाको डेढ महिनाअघि ब्लड क्यान्सरका कारण ४१ वर्षको उमेरमानै निधन भएको थियो। कोरियोग्राफरमा नै सुन्दर भविष्य देखेका सन्त […]