पत्रकार ऐडीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम

सिमकोट – उपचारका क्रममा काठमाडौँको सुमेरु अस्पतालमा निधन भएका पत्रकार नन्द ऐडीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ। पत्रकार महासंघ हुम्ला शाखाका सदस्य रहेका स्वर्गीय ऐडीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावतले सत्यतत्थ्य र यथार्थ समाचार सम्प्रेषण गर्ने पत्रकार ऐडीका असल गुण भएको बताए। उनले सानै उमेरबाट […]

सम्बन्धित सामग्री

सञ्चारग्राममा फोटो पत्रकार रजेन्द्र केसीको सम्झनामा दीप प्रज्ज्वलन [तस्बिर]

फोटो पत्रकार रजेन्द्र केसीको १३ दिनको पुण्य तिथिमा उनको सम्झनामा दीप प्रज्ज्वल गरी श्रद्धाञ्जली अर्पण गरिएको छ ।

सञ्चारग्राममा फोटो पत्रकार रजेन्द्र केसीको सम्झनामा दीप प्रज्ज्वलन [तस्बिर]

फोटो पत्रकार रजेन्द्र केसीको १३ दिनको पुण्य तिथिमा उनको सम्झनामा दीप प्रज्ज्वल गरी श्रद्धाञ्जली अर्पण गरिएको छ ।

इन्जाद्वारा स्वर्गीय पत्रकार तामाङको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संन्जाल (इन्जा)ले स्वर्गीय पत्रकार दीपेन्द्र दोङ तामाङको परिवारलाई २ लाख रुपियाँ आर्थिक सहयोग गरेको छ । इन्जा र जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा मङ्गलवार स्व. पत्रकार दोङको सम्झनामा आयोजित श्रद्धाञ्जली सभामा स्व पत्रकार दोङकी श्रीमती चाँदनी लामालाई इन्जाको तर्फबाट वरिष्ठ उपाध्यक्ष विष्णु शीतल, इन्जा एसियाका अध्यक्ष टंक पन्त र इन्जा […]

स्व. पत्रकार राम केसीको सम्झनामा पत्रकारिता सम्मान घोषणा

काठमाडौं : नेपाल प्रेस युनियन सिन्धुपाल्चोकले प्रेस युनियन स्व. पत्रकार राम केसी अग्रज पत्रकारिता पुरस्कार सम्मान प्रदान गर्ने भएको छ। पत्रकार केसीको १० औँ दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामार्फत युनियनले पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।यसअघि युनियनले सिन्धु अग्रज पत्रकारिता प्रदान गर्दै आएको थियो। त्यसैलाई परिमार्जित गरि केसीको सम्मानमा नयाँ नामबाट पुरस्कार दिइने उपाध्यक्ष किशोर बुढाथोकीले बताए।प्रेस युनियनका केन्द्रीय पार्षद रहेका पत्रकार केसी रासस

अफगानिस्तानमा मारिएका फोटो पत्रकारको सम्झनामा मैनवत्ती प्रज्वलन

५ साउन, काठमाडौं । अफगानिस्तानमा मारिएका फोटो पत्रकार दानिस सिद्धिकीको सम्झनामा मंगलबार नेपाली फोटो पत्रकारले मैनवत्ती बालेका छन् । भारतीय नागरिक सिद्धिकीको साउन १ गते अफगानिस्तानको कान्दाहारमा तालिबान र सरकारी सेनाबीचको भिडन्तका क्रममा मृत्यु भएको थियो । उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पिजे क्लबको आयोजनामा फोटो पत्रकारहरुले स्वयम्भूमा मैनवत्ती बालेका हुन् । हेर्नुहोस् तस्वीरहरु