काठमाण्डाै - कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज ल्याउने तयारी गरेको छ ।
दिउँसो एक बजे संसदमा सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्ने तयारी रहेको कर्णाली प्रदेश सरकारले जनाएको छ । नीति तथा कार्यक्रम पारित भएपछि असार एक गते बजेट ल्याउने तयारी सरकारको छ ।
आउँदो वर्ष अधुरा आयोजना कार्यान्वयन गर्ने नीति अपनाएको कर्णाली सरकारले यस पटक बजेट घटाएर ल्याउने तयारी गरेको छ । प्रदेशको सन्तुलित विकास गर्न आउँदो आर्थिक वर्षलाई अधुरा आयोजना सम्पन्न गर्न...