मन्त्री रहिरहन बालुवाटार-खुमलटार कतै धाइनँ : कृष्णकुमार श्रेष्ठ

काठमाडौं : श्रममन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले मन्त्री पदमा रहिरहनका लागि शक्तिकेन्द्र नधाएको बताएका छन्।   श्रम मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।उनले ८ महिना २१ दिन पदमा रहँदा कुनै पनि गलत काम नगरेको बताउँदै दाबी गर्दै भने, ‘मन्त्रीमा रहनका लागि खुमलटार र बालुवाटार धाएका होइनौं। पार्टी छाड्न लागेको पनि होइन। मन्त्री चढ्नेभन्दा ठूलो गाडी चढेर आएको हुँ, कमाउन लोभ छैन।यस्तो छ मन्त्री श्रेष्ठको विदाई सम्वोधन: मैले २०७८ असोज २२

सम्बन्धित सामग्री

कृष्णकुमार श्रेष्ठ (किसान) : दोस्रो पटक प्रतिनिधिसभामा

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) सङ्घीय संसद्, प्रतिनिधिसभामा दोस्रो पटक सदस्य बन्नुभएको छ । उहाँ बारा–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । व्यास नगरपालिका–४ तनहुँमा विसं २०२४ मा जन्मिनुभएका श्रेष्ठले सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवारी दिई २९ हजार पाँच सय मतसहित जित हासिल गर्नुभएको छ । श्रेष्ठले […]

बारा-४ बाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ निर्वाचित

७ मंसिर, बारा । बारा-४  बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनको उम्मेदवार उनले २९ हजार ५०५ मतसहित  जित हासिल गरेका हुन् । श्रेष्ठले एमाले-जसपा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका एकवाल मियालाई करिब १० हजार मतान्तरले पराजित गरे । एकवालले १९ हजार ४३९ मत पाए । […]

बारा– ४ बाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ निर्वाचित

काठमाडौं : बारा क्षेत्र नम्बर ४ बाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ निर्वाचित भएका छन्। निर्वाचन अधिकृत कृष्णबहादुर राईले श्रेष्ठ निर्वाचित भएको र अन्तिम घोषणा हुन बाँकी रहेको थाहा खबरलाई जानकारी दिए। उनले श्रेष्ठ फराकिलो मतले निर्वाीचत भएको बताए। श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकवाल मियाँलाई पराजित गरी विजयी भएका हुन्।

तनहुँ–१ रामचन्द्र पाैडेललाई छाेडिदिन्छु : कृष्णकुमार श्रेष्ठ

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नम्बर १ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि छोडिदिने बताउनुभएको छ । २०७४ सालको प्रतिनिधि सभा चुनावमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित सांसदसमेत रहनुभएका नेता श्रेष्ठले आउँदाे मङ्सिर ४ गते हुने निर्वाचनमा त्याे क्षेत्र कांग्रेस नेता पौडेललाई छोडिदिने बताउनुभएको हो ।  सोमवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर सङ्घ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले गठबन्धनमा भागबन्डा मिलाउनुपर्ने कारणले...

मन्त्री र पैसाको लोभ छैनः कृष्णकुमार श्रेष्ठ

निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्री पदमा टाँसिरहन र मन्त्री भएर पैसा कमाउने लोभ, लालच आफूमा नभएको बताएका छन्।...

मन्त्री पद र पैसाको लोभ छैन : कृष्णकुमार श्रेष्ठ

काठमाण्डाै - निःवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्री पदमा टाँसिरहने र मन्त्री भएर पैसा कमाउने लोभ, लालच आफूमा नभएको बताउनुभएको छ । आज मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले मन्त्री पदका लागि बालुवाटार र खुमलटार धाएको आक्षेप लाग्ने गरेको भए पनि त्यो सत्य नभएको दाबी गर्नुभयो । श्रेष्ठले पार्टी छोड्ने भन्ने कुरामा कुनै सत्यता नभएको पनि स्पष्ट पार्नुभयो । उहाँले आफू अहिले पनि मन्त्री चढ्ने भन्दा ठूलो गाडी चढेर आएको भन्दै मन्त्रीमा टाँसिन र मन्त्...

म आफूले आफूलाई नम्बर दिने मान्छे होइन : कृष्णकुमार श्रेष्ठ

निवर्तमान श्रम तथा रोजगार मन्त्री किसान श्रेष्ठले आफूले पदमा रहँदा कुनै गल्ती नगरेको बरु धेरै राम्रा कामको सुरुवात गर्न पाएकोमा गौरवान्वित अनुभूति भएको बताएका छन् । सोमबार मन्त्रालयका कर्मचारीको बिदाइ कार्यक्रममा श्रेष्ठेले तर आफू आफैले गरेका कामको नम्बर दिने पक्षमा नरहेको बताए । ‘म आफूले आफूलाई नम्बर दिने मान्छे होइन, नम्बर जनताले दिनुपर्छ’, श्रेष्ठले भने, ‘हुन त कतिपयले राजीनामा किन नदिएको भनेर प्रश्न पनि गर्नुभयो तर राजीनामा दिने अपराध किसान श्रेष्ठले गरेको छैन ।’ उनले

प्रेम आले र कृष्णकुमार श्रेष्ठ एमाले जाने हल्ला मात्र : माधव नेपाल

११ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुईमन्त्री प्रेम आले र कृष्णकुमार श्रेष्ठ एमाले प्रवेश गर्न हल्ला मात्र भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले झुटा प्रचार गर्न खप्पिस भएकाहरुले हल्ला मात्र चलाएको बताए । उनले भने, ‘मन्त्रीहरु प्रेम आले र कृष्ण कुमार श्रेष्ठ मध्यरातमा बालकोट पुगे, एमाले प्रवेश […]

अलपत्र नेपालीहरुको व्यवस्थापनका लागि श्रममन्त्री श्रेष्ठ आगामी हप्ता युएई जाने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युएईमा अलपत्र नेपालीहरुको व्यवस्थापनका लागि आगामी साता युएई जाने भएका छन् । वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भीजामा युएई गई अलपत्र...

अलपत्र नेपालीहरूको उद्धार गर्न श्रममन्त्री यूएई जाँदै, भ्रमणबारे राजदूतसँग छलफल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ अलपत्र नेपालीहरूको व्यवस्थापनका लागि आगामी साता यूएई जाने भएका छन्