निवर्तमान श्रम तथा रोजगार मन्त्री किसान श्रेष्ठले आफूले पदमा रहँदा कुनै गल्ती नगरेको बरु धेरै राम्रा कामको सुरुवात गर्न पाएकोमा गौरवान्वित अनुभूति भएको बताएका छन् । सोमबार मन्त्रालयका कर्मचारीको बिदाइ कार्यक्रममा श्रेष्ठेले तर आफू आफैले गरेका कामको नम्बर दिने पक्षमा नरहेको बताए । ‘म आफूले आफूलाई नम्बर दिने मान्छे होइन, नम्बर जनताले दिनुपर्छ’, श्रेष्ठले भने, ‘हुन त कतिपयले राजीनामा किन नदिएको भनेर प्रश्न पनि गर्नुभयो तर राजीनामा दिने अपराध किसान श्रेष्ठले गरेको छैन ।’ उनले