काठमाडौं : सामाजिक सञ्जाल भाइबरमार्फत नाबालिकालाई दु:ख, हैरानी तथा अपमान गरेको अभियोगमा भारत मोतिहारी चिरैया सेनवरिया घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने १९ वर्षीय मोहम्मद रमीज राजालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।राजाले नाबालिकाको तस्वीर ईडिट गरी बनाएको अश्लील भिडियो भाइबरमार्फत पठाई डर त्रास देखाई नाजायज फाईदा लिन खोजेको र उद्देश्य पूरा नहुने भएपछि उक्त भिडियो सार्वजनिक गरिदिने भनी नाबालिकालाई मानसिक यातना तथा दु:ख, हैरानी दिएको खुल्न आएपश्चात उनलाई प्रहरीले पक्राउ गरेको