पोखरा महानगरले ल्यायो ६ अर्ब २७ करोडको बजेट

पोखरा : पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९का लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको छ। नगरसभाको बिहीबार बसेको नवौं बैठकमा उपमेयर मन्जुदेवी गुरुङले विनियोजित बजेटमध्ये चालुतर्फ २ अर्ब ९१ करोड अर्थात् ४६.४ प्रतिशत छुट्याइएको बताइन्। पुँजिगततर्फ ३ अर्ब ३७ लाख रुपैयाँ अर्थात् ५३.६ प्रतिशत विनियोजन गरिएको…

सम्बन्धित सामग्री

पोखरा महानगरपालिकाले ल्यायो रु सात अर्ब ५१ करोडको बजेट - Nepal Japan

पोखरा महानगरपालिले आर्थिक वर्ष २०८१/८२ का लागि रु सात अर्ब ५१ करोड ३२ लाख ८३ हजार बराबरको बजेट प्रस्

पोखरा महानगरपालिकाले ल्यायो सात अर्ब ५१ करोडको बजेट

गण्डकी- पोखरा महानगरपालिले आर्थिक वर्ष २०८१/८२ का लागि रु सात अर्ब ५१ करोड ३२ लाख ८३ हजार बराबरको बजेट प्रस्ताव गरेको छ । महानगरको आज बसेको १५औँ नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्दै सङ्घीय सरकार अनुदानबाट रु चार अर्ब २० करोड २२ लाख एक हजार, प्रदेश सरकार अनुदान वापत रु नौ करोड ६३ लाख ८१ हजार, आन्तरिक आय...

पोखरा महानगरपालिकाले ल्यायो सात अर्ब ५१ करोडको बजेट

गण्डकी- पोखरा महानगरपालिले आर्थिक वर्ष २०८१/८२ का लागि रु सात अर्ब ५१ करोड ३२ लाख ८३ हजार बराबरको बजेट प्रस्ताव गरेको छ । महानगरको आज बसेको १५औँ नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्दै सङ्घीय सरकार अनुदानबाट रु चार अर्ब २० करोड २२ लाख एक हजार, प्रदेश सरकार अनुदान वापत रु नौ करोड ६३ लाख ८१ हजार, आन्तरिक आय...

पोखरा महानगरले ल्यायो ७ अर्ब १५ करोडकाे बजेट (पूर्णपाठ)

पोखरा- पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७ अर्ब १५ करोड रुपैयाँको बजेट ल्याएको छ । पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले १३ औं नगर सभामा आइतबार ७ अर्ब १५ करोड १५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । यो बजेट चालु आर्थिक वर्षभन्दा १ अर्ब ८४ करोड रुपैयाँ कमको बजेट हो । पोखरा महानगरपालि...

पोखरा महानगरले ल्यायो ७ अर्ब १५ करोडकाे बजेट (पूर्णपाठ)

पोखरा- पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७ अर्ब १५ करोड रुपैयाँको बजेट ल्याएको छ । पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले १३ औं नगर सभामा आइतबार ७ अर्ब १५ करोड १५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । यो बजेट चालु आर्थिक वर्षभन्दा १ अर्ब ८४ करोड रुपैयाँ कमको बजेट हो । पोखरा महानगरपालि...

पोखरा महानगरले ल्यायो ८ अर्ब ७७ करोडको बजेट

पोखरा महानगरपालिकाले ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ । बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदानबाट ११ करोड २८ लाख २० हजार, आन्तरिक आयबाट ३ अर्ब १ करोड, संघीय राजस्व बाँडफाँटबाट ३७ करोड ३७ लाख व्यहोर्ने महानगरले जनाएको छ। त्यस्तै, प्रदेश राजस्व बाँडफाँटबाट […]

पोखरा महानगरले ल्यायो ८ अर्ब ७७ करोडको बजेट

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेको छ । महानगरले आगामी आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको हो ।महानगर पालिकाले विवादका बाबजुत आगामी वर्षको बजेट प्रस्तुत गरेको सूचना अधिकारी भरतराज पौड्यालले रातोपाटीलाई जानकारी दिए । महानगरको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विवाद झिकेपछि बजेट भाषणको कार्यक्रम २ घन्टा रोकिएको थियो ।प्रमुख प्रतिपक्षी दल सहमतीमा आएपछि महानगरले आगामी वर्षको बजेट प्रस्तुत गरेको हो । संवैधानिक व्यवस्थाअनुसार देशभरका सबै स

पोखरा महानगरले ल्यायो ८ अर्ब ७७ करोड ७५ लाखको बजेट

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ । उपमेयर मञ्जुदेवी गुरुङले शुक्रबार आयोजित ११ औं नगरसभामा नयाँ आर्थिक वर्ष २०७९/०८० का लागि बजेट सार्वजनिक गरेकी हुन् । चालु आर्थिक वर्षमा ६ अर्ब ४१ करोड १० लाख बजेट विनियोजन गरिएको थियो ।

गण्डकीका अर्थमन्त्रीको अडान कायमै : माओवादीका नेतासहित गठबन्धन भने असन्तुष्ट

पोखरा : गण्डकी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षको भन्दा आगामी वर्षका लागि पाँच अर्ब बढी बजेट बढाएर ल्यायो। असार १ मा नेकपा माओवादी केन्द्रबाट गण्डकीका अर्थमन्त्री बनेका रामजी बरालले आर्थिक वर्ष  ७९–८० को लागि ३५ अर्बको बजेट प्रस्तुत गरे। संसदमा बजेट पेस भएपनि बजेटमाथिको छलफल अनिश्चित छ। आइतवारदेखि सुरु हुने…

गण्डकी सरकारले ल्यायो ३० अर्ब ३ करोड ९४ लाखको बजेट

असार १, कास्की । गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आव २०७८/०७९ का लागि प्रदेशसभामा प्रस्तुत बजेटमध्ये चालूतर्फ १३ अर्ब ६ करोड ४७ लाख, पूँजीगततर्फ १६ अर्ब ७३ करोड ४६ लाख र वित्तीय व्यवस्थापनतर्फ २४ करोड बजेट विनियोजन गरिएको बताए । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सरकारले विनियोजन गरेको ३० अर्ब ३ करोड ९४ लाखको बजेटमध्ये नेपाल सरकारबाट वित्तीय समनीकरण अनुदान ७ अर्ब ४२ करोड पाएको छ । शसर्त अनुदान ४ अर्ब १८ करोड, समपुरक अनुदान ८७ करोड, विशेष अनुदान ५४ करोड, राजस्व बाँडफाँट ७ अर्ब ६२ करोड र रोयल्टीबाट ३० करोड पाउने अनुमान गरिएको छ । त्यसमा प्रदेशले ४ अर्ब ९७ करोड आन्तरिक आम्दानीबाट व्यहोर्ने छ । यस वर्ष खर्च नहुने २ अर्ब १० करोड पनि बजेटमा समावेश गरिएको छ । अपुग २ अर्बमध्ये आन्तरिक ऋण १ अर्ब र नेपाल सरकारबाट १ अर्ब ऋणबाट पूर्ती गरिने कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।  अर्थमन्त्रीको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री पोखरेलले चालूतर्फ ४३ दशमलव ५ प्रतिशत र पूँजीतर्फ ५५ दशमलव ७ प्रतिशत, वित्तीय व्यवस्थापनमा शून्य दशमलव ८ प्रतिशत बजेट रहेको बताए । गत आर्थिक वर्षमा प्रदेश सरकारले ३४ अर्ब ८४ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो । बजेटमा सरकारले स्वास्थ्य कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । मुख्यमन्त्री पोखरेलले स्थानीय तहका लागि वित्तिय समानीकरण अनुदानमा १ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत स्थानीय तहमा हस्तान्तरण हुने अनुदानलाई निरन्तरता दिइएको मुख्यमन्त्री पोखरेलले बताए । उनले वित्तीय समानीकरण अनुदानमा स्थानीय तहलाई १ अर्ब १० करोड रुपैयाँ, प्रदेश र स्थानीय तहको साझेदारीका लागि प्रत्येक पालिकालाई १ करोड रुपैयाँ प्रदेश सरकारले विनियोजन गरेको बताए । एकल कर प्रशासनमार्फत संकलन हुने स्थानीय तहलाई राजस्व बाँडफाँटबाट ६० करोड विनियोजन गरिएको मुख्यमन्त्री पोखरेलले बताए ।  उनले प्रदेशमा कोरोनाबाट मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारले ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने र कोरोनाबाट अभिभावक गुमाएका असहाय बालबालिकाका लागि मासिक ५ हजारका दरले उपलब्ध गराइने बताए ।  सरकारले बहुक्षेत्रीय पोषण कार्यक्रमलाई निरन्तरता दिदैं यसका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । संघ सरकराको सहयोगमा सबै जिल्ला अस्पताललाई २५ देखि ५० शय्या र धौलागिरि अस्पताललाई स्तरोन्नति गरिने उनले बताए ।  प्रदेश प्रमुख पोखरेलले प्रदेशका प्रत्येक जिल्ला अस्पतालहरुमा २ देखि ५ शय्याको सघन उपचार कक्ष स्थापना हुने र आँखा, डायलाइसिस, ज्येष्ठ नागरिक वार्ड लगायतका पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको बताए । गण्डकी प्रदेशका विश्वविद्यालयमा ३५० शय्याको जनरल, ५० शय्याको मुटु रोग, ५० शय्याको अर्बुद र ५० शय्याको मिगौला रोग अस्पतालको निर्माणका लागि बजेट विनियोजन गरेको पोखरेलले बताए ।  अर्थमन्त्री पोखरेलले नेपाल सरकारसँगको समन्वयमा बागलुङको बिहुँबाट गल्कोटसम्म सुरुङ मार्ग र अर्नाकोट विमानास्थलको सम्भाव्यता अध्ययन गरिने बताए ।  त्यसैगरी, पोखरा महानगरसँगको समन्वयमा प्रदेश स्तरीय बसपार्क निर्माण थालिने, विपन्न वर्गको क्यान्सर, मुटु रोग, पार्किन्सन, मिर्गौलको उपचारमा सहयोग गर्ने पोखरेलले बताए । उनले लौहादी फलाम खानीको सम्भाव्यता अध्याय गर्ने, संघिय सरकारको समन्वयमा कास्कीको पुँडिटार, तनहुँको घारी र नवलपुरको लोकाहा खोलामा औद्योगिक क्षेत्र निर्माण गर्न बजेट विनियोजन गरिएको बताए ।