दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित मुलुक फिजीमा यसै महिना दोस्रो पटक आएको समुद्री आँधीमा परेर कम्तीमा एक व्यक्तिको मृत्यु हुनुका साथै पाँचजना हराइरहेको सरकारी अधिकारीहरुले बताएका छन्।आना नाम दिइएको भारी वर्षा सहितको उक्त आँधीको बेग १४० किलोमिटर प्रतिघण्टा रहेको छ। आँधीका कारण फिजीको अधिकांश भूभाग जलमग्न भएको र बाढी आएको छ। राष्ट्रिय प्रकोप व्यवस्थाप कार्यालयले एकजना ४९ वर्षीय पुरुषको मृत्यु भएको र पाँचजना माछा मार्ने व्यक्तिहरु हराइरहेको जनाएको छ। आँधी प्रभावित सात हजार ६०० भन्दा बढी व्