२३ असोज, काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ मा उम्मेदवारी घोषणा गरेका सन्तोष प्रधान चौधरीले मनोनयन दर्ता नगर्ने भएका छन् । कांग्रेस महामन्त्री गगन थापालाई समर्थन गर्ने गरी चौधरीले उम्मेदवारी दर्ता नगर्ने निर्णय गरेको विज्ञप्तिमार्फत जनाएका छन् । राष्ट्रिय राजनीतिका केही मुद्दामा विमति रहे पनि थापालाई समर्थन गर्ने उनले बताएका छन् ।