संखुवासभाको मादी नगरपालिका–१ मा हत्या भएका एकै परिवारका ६ जनामध्ये तेजबहादुर कार्कीको पेट काटेको र टाउकोमा चोट लागेको अवस्थामा शव फेला परेको छ ।
'लाश छुट्टै छन्, तेजको पेट र टाउकोमा चोट लागेको देखिन्छ,' वडा नम्बर १ का अध्यक्ष खेमनाथ कटुवालले भने, 'खोलामा भएका बुहारीहरूको शव परबाट हेर्दा केही देखिँदैन तर बच्चाहरूको शरीरमा चोट देखिँदैन ।’
उनका अनुसार घरमा अन्य सदस्यहरू २२ वर्षीय नरेश कार्की र २५ वर्षीय रमेश कार्की वैदेशिक रोजगारीमा छन् ।
प्रहरीका अनुसार ९३ वर्षीय पार्वता क...