काठमाडाैं : संखुवासभामा सामूहिक हत्या भएका एकै परिवारका ६ जनाको शव भोलि मात्रै उठाइने भएको छ । संघीय प्रहरीको टोली घटना स्थल पुग्न ढिलाई भएपछि घटनाको अनुसन्धान गर्न समय लाग्ने भएका कारण अब भोली मात्रै शव उठाइने संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पाण्डेले थाहाखबरलाई जानकारी दिए।घटना भएको स्थान विकट र टाढा भएका कारण प्रहरी टोली पुग्न समय लागेको उनले बताए । ‘घटना भएको ठाउँ एकदमै विकट र टाढा छ । बिहानै हिँडेको प्रहरी टोली साँझ मात्रै पुग्ने अवस्था भयो। प्रहरी पुगेर अनुस