संखुवासभा  हत्या प्रकरण : इटहरीमा गरियो सामूहिक अन्त्येष्टि

संखुवासभा : संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा हत्या गरिएको अवस्थामा फेला परेका ६ जनाको दाहसंस्कार सुनसरीको इटहरीस्थित बुढीखोलामा गरिएको छ।हत्या गरी फालिएको अवस्थामा सोमबार बिहान फेला परेका तेजबहादुर कार्कीसहित ६ जनाको इटहरीस्थित बुढीखोला घाटमा अन्त्येष्टि गरिएको तेजबहादुरका भतिजा एमविक्रम कार्कीले जानकारी दिए।एमविक्रमका अनुसार बुधबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम भएपछि बुढीखोला घाटमा अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिका लागि तेजबहादु

सम्बन्धित सामग्री

संखुवासभा हत्या प्रकरण : ४ जना दोषीलाई आजीवन कारावासको फैसला

संखुवासभाको मादी नगरपालिकामा भएको कार्की परिवार हत्या प्रकरणमा संलग्न दोषीलाई आजीवन कारावासको फैसला भएको छ।संखुवासभा जिल्ला अदालतले  मादी नगरपालिका–१ स्थित उम्लिङको खोलागाउँमा एकै परिवारको ६ सदस्यको हत्या प्रकरणमा ४ जनालाई आजीवन कारावासको सजाय भएको फैसला गरेको हो। अदालतका वैतानिक वकिल भवानी आचार्यका अनुसार सोमबार अदालतका न्यायाधीश शान्तिप्रसाद आचार्यको एकल इजलासले हत्या प्रकरणमा जोडिएका ४ जनालाई […]

संखुवासभा कार्की हत्या प्रकरण : दोषी ४ जनालाई आजीवन कारावासको फैसला

विराटनगर- संखुवासभाको मादी नगरपालिकामा भएको कार्की परिवार हत्या प्रकरणमा संलग्न दोषीलाई आजीवन कारावासको फैसला भएको छ। संखुवासभा जिल्ला अदालतले सोमबार मादी नगरपालिका-१ स्थित उम्लिङको खोलागाउँमा एकै परिवारको ६ सदस्यको हत्या प्रकरणमा ४ जनालाई आजीवन कारावासको सजाय भएको फैसला गरेको हो। अदालतका वैतानिक वकिल भवानी आचार्यका अनुसार सोमबार अदालतका न्यायाधीश शान्तिप्रसाद आचार्यको एकल इजलासले हत्या प्रकरणमा […]

संखुवासभा सामूहिक हत्या प्रकरण : अहिले के भइरहेको छ ?

काठमाडौँ– संखुवासासभा जिल्लाको मादी गाउँपालिका वडा नम्बर १ मा यही भदौ २१ गते ६ जनाको सामूहिक हत्या भएपछि सो गाउँमा अहिले सन्नाटा छाएको छ । ५८ वर्षीय तेजबहादुर कार्की, उनकी ८० वर्षीया आमा पार्वता कार्की, श्रीमती ५६ वर्षीया कमला कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा […]

संखुवासभा हत्या प्रकरण: रिसको झोंकमा भतिजोद्वारा हत्या भएको स्वीकार

इन्द्र गिरी, संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा भएको ६ जनाको हत्या प्रकरणमा छिमेकी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई हत्या अभियोगमा आज आइतबार सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । हत्या रहस्मय बन्दै गएको भन्दै प्रहरीले प्राविधिक र मानवीय दुवै कोणबाट प्रहरीले अनुसन्धान शुरू गरेको थियो । एकै परिवारका ६ जना वृद्धदेखि […]

संखुवासभा समूहिक हत्या प्रकरण: सबैको टाउकोमा गम्भीर चोट

संखुवासभा । सखुवासभामा एउटै परिवारका हत्या भएका ६ जनाकोे शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनास्थलबाट मुचुल्का उठाएर शव धरान लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अज्ञात समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको आइतबार हत्या गरेको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूको प्रारम्भिक […] The post संखुवासभा समूहिक हत्या प्रकरण: सबैको टाउकोमा गम्भीर चोट appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

संखुवासभा हत्या प्रकरण : ६ जनाकै सनाखत

संखुवासभाको मादी नगरपालिका–१, उम्लिङमा हत्या भएका परिवारका ६ जनाकै सनाखत भएको छ ।  स्थानीय योगेन्द्र ओझाका अनुसार ९३ वर्षीया हजुरआमा पार्वता कार्की, उनका छोरा तेजबहादुर कार्की, बुहारी मनमाया, नातिनीबुहारी रन्जना, नाति दीप र नातिनी गोमाको हत्या भएको हो ।  ‘उनीहरूको शरीरमा अहिले परबाट हेर्दा चोट देखेका छौं,’ स्थानीय योगेन्द्रले लोकान्तरसँग भने,।  उनका अनुसार हजुरआमाको घरभित्र, छोरा बुहारीको खोला छेउमा र नातिनातिनाको घरभन्दा माथि खरबारीमा शव देखिएको छ ।