रिभर फल्स पावरको आईपीओ निष्कासन २८ वैशाखदेखि

रिभर फल्स पावर लिमिटेडले २८ वैशाखदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले २७ लाख ३० हजार कित्तामध्ये ५४ हजार ६०० कित्ता अर्थात् २ प्रतिशत कम्पनीका कर्मचारी र १ लाख ३६ हजार ५०० कित्ता अर्थात् ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी बाँकी रहेको २५ लाख ३८ हजार […]

सम्बन्धित सामग्री

रिभर फल्सको आईपीओ वैशाख २८ बाट

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि वैशाख २८ गतेदेखि २७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन खुला गर्ने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार उक्त कम्पनीको आईपीओमा लगानीकर्ताले जेठ ४ गतेसम्म आवेदन दिन सक्ने छन् । कूल निष्कासनमध्ये ५४ हजार ६ सय कित्ता सेयर कम्पनीको कर्मचारीको लागि र १ लाख ३६ […] The post रिभर फल्सको आईपीओ वैशाख २८ बाट appeared first on राजधानी राष्ट्रिय दैनिक.

रिभर फल्स पावरले वैशाख २८ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले यही वैशाख २८ गतेदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । उक्त आईपीओमा आउँदो जेठ ४ गतेसमम आवेदन दिन सकिनेछ । त्यस अवधिमा पर्याप्त आवेदन नपरेमा जेठ ११ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यमा २७ करोड ३०...

आयोजना प्रभावितका लागि रिभर फल्सको आईपीओ खुला

२७ चैत, काठमाडौं । आयोजना प्रभावितका लागि रिभर फल्स पावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले आइतबारदेखि आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाका बासिन्दाका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको सात करोड बराबरको सात लाख कित्ता सेयर स्थानीयका लागि निष्कासन तथा बिक्री खुला गरेको […]

रिभर फल्स पावरले आइतवारदेखि स्थानीय बासिन्दाको लागि आईपीओ निष्कासन गर्ने

चैत १८, काठमाडौं । रिभर फल्स पावर लिमिटेडले चैत २७ गतेदेखि आईपीओ विक्री खुला गर्ने भएको छ ।   कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दाहरुका लागि आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले स्थानीयमा जारी पूँजी रू. ७० करोडको १० प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित मूल्यका कुल ७ लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो ।  स्थानीयलाई छुट्याएको शेयर सम्पूर्ण विक्री नभएमा उक्त विक्री नभएको शेयर समेत समायोजन गरी सर्वसाधारण (सामूहिक लगानी कोष तथा कर्मचारीमा समेत) निष्कासन गर्ने कम्पनीले जानकारी दिएको छ । स्थानीयले छिटोमा वैशाख ११ गतेसम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा वैशाख २६ गतेसम्म यो आईपीओ विक्रीमा रहने कम्पनीले जानकारी दिएको छ ।  आईपीओ खरीदका लागि प्राइम कमर्सियल बैंकका खाँदवारी, तुम्लिङटार, सभापोखरी, प्रभु बैंकको खाँदवारी शाखा, ग्लोबल आइएमई बैंकको खाँदवारी, चैनपुर शाखा, रिभर फल्स पावरको आयोजना कार्यालय, संखुवासभाबाट आवेदन दिन सकिने व्यवस्था छ ।  यी सँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनश रेटिङ्ग प्रदान गरेको छ ।  यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीले संखुवासभा जिल्लामा १० दशमलव ३० मेगावाट क्षमताको पिपुवाखोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आगामी असार मसान्तसम्म आयोजनको निर्माण कार्य सम्पन्न गर्ने योजना कम्पनीको छ । यस योजनाको कुल अनुमानित लागत प्रति मेगावाट रू. १८ करोड ६ लाख १५ हजार रहेको छ ।

सिवाईसी नेपाल लघुवित्त र रिभर फल्स पावरले पाए आईपीओ विक्री गर्न  अनुमति

चैत १०, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएका छन् ।  नेपाल धितोपत्र बोर्डले सिवाईसी नेपाल लघुवित्तलाई चैत ९ गते र रिभर फल्स पावरलाई चैत १० गते आईपीओ विक्री गर्न अनुमति दिएको हो । धितोपत्र बोर्डबाट स्वीकृति पाएसँगै सिवाईसी नेपाल लघुवित्तले अव रू. ३ करोड ९५ लाख ३३ हजार ६०० बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता र रिभर फल्स पावरले रू. ३४ करोड ३० हजार बराबरको ३४ लाख ३० हजार कित्ता आईपीओ विक्री गर्नेछ ।  रिभर फल्स पावरले आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा ४९ प्रतिशत शेयर विक्री गर्नेछ भने सिवाईसी नेपाल लघुवित्तले सर्वसाधारणमा ३२ दशमलव ५० प्रतिशत शेयर विक्री गर्नेछ ।  सिवाईसी नेपाल लघुवित्तको आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड र रिभर फल्स पावर लिमिटेडको आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।   सिवाईसी नेपाल लघुवित्तको हाल चुक्तापूँजी रू. ८ करोड २१ लाख ८ हजार रहेको छ भने रिभर फल्स पावरको रू. ३५ करोड ७० लाख चुक्तापूँजी रहेको छ । सीवाईसी नेपालको केन्द्रीय कार्यालय बाग्लुंग - ३ बाग्लुंग बजार रहेको छ भने रिभर फल्सको केन्द्रीय कार्यालय कमलादी, काठमाडौं रहेको छ ।

रिभर फल्स पावरले आईपीओ निष्कासन गर्न बोर्डमा दियो निवेदन

काठमाडौं, २० साउन । रिभर फल्स पावर लिमिटेडले ३४ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले उक्त आईपीओ निष्कासन गर्नका लागि साउन १३ गते निवेदन दिएको थियो । यस कम्पनीको आईपीओ विक्री प्रबन्धकमा प्रभु […]

तीन ओटा कम्पनीले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दिए निवेदन

साउन १९, काठमाडौं । तीन ओटा अलग - अलग कम्पनीले आईपीओ निष्कासन गर्नका लागि मंगलवार नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।  रिलायबल लाइफ इन्स्योरेन्स, उपकार लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका हुन् ।  रिलायबल लाइफ इन्स्योरेन्सले अंकित मूल्य रू. १०० मा थप रू. ११२ प्रिमियम थपेर प्रतिकित्ता रू. २१२ मा ६० लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि साउन १२ गते निवेदन दिएको थियो । विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।  त्यसैगरी, उपकार लघुवित्त वित्तीय संस्थाले २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्नका लागि साउन १३ गते बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धकमा नेपाल एसबिआइ मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । त्यस्तै, रिभर फल्स पावर लिमिटेडले ३४ लाख ३० हजार कित्ता सर्वसाधारण र स्थानीय बासिन्दाको लागि आईपीओ निष्कासन गर्न निवेदन दिएको हो ।  कम्पनीले उक्त आईपीओ निष्कासन गर्नका लागि साउन १३ गते निवेदन दिएको थियो । विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

रिभर फल्स पावरको विशेष साधारणसभा जेठ ४ मा

रिभर फल्स पावर लिमिटेडले विशेष साधारणसभा जेठ ४ गते गर्ने भएको छ ।कम्पनीले सभा केन्द्रीय कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने बताएको छ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने जानकारी गराएको हो ।

रिभर फल्स पावरको विशेष साधारण सभा जेठ ४ मा

वैशाख १९, काठमाडौं । रिभर फल्स पावर लिमिटेडले विशेष साधारण सभा जेठ ४ गते गर्ने भएको छ ।  कम्पनीले सभा केन्द्रीय कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने बताएको छ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने जानकारी गराएको हो ।