रिभर फल्स पावरको विशेष साधारण सभा जेठ ४ मा

वैशाख १९, काठमाडौं । रिभर फल्स पावर लिमिटेडले विशेष साधारण सभा जेठ ४ गते गर्ने भएको छ ।  कम्पनीले सभा केन्द्रीय कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने बताएको छ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने जानकारी गराएको हो ।