काठमाडौं : मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनबाट चुनिएर केही पूर्व विद्यार्थी नेता संसदमा देखिँदैछन्। विद्यार्थी राजनीतिबाट चर्चा कमाएका केही चिरपरिचित अनुहार यसपालिको संसदमा देखिन लागेका हुन्।एमालेका पोलिटब्युरो सदस्य ठाकुरप्रसाद गैरे पहिलोपटक संसद् प्रवेश गर्दैछन्। पाल्पा क्षेत्र २ मा उनी एकीकृत समाजवादी पार्टीका सोमप्रसाद पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भोजेन्द्रबहादुर कुँवरलाई हराउँदै विजयी भए। उनी अनेरास्ववियुका पूर्वअध्य