काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौताको नयाँ पत्र जनतालाई देखाउन सरकारलाई चुनौती दिनुभएको छ ।
आज मङ्गलवार काठमाण्डाैमा आयोजित जननेता मदन भण्डारीको ७१ औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एसपीपीको सक्कली पत्र सार्वजनिक गर्न सरकारलाई चुनौती दिनुभएको हो । उहाँले सरकारले नयाँ पत्र ल्याएको र जनताले ठूलो दबाब दिएपछि केही समयका लागि मात्रै स्थगित गरेको आरोप लगाउनुभयो ।&n...