निर्वाचन आचारसंहिताबारे आयोगमा पार्टी प्रतिनिधि र पदाधिकारीबिच छलफल सुरु

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे पार्टी प्रतिनिधि र आयोगका पदाधिकारीबिच छलफल सुरु गरेको छ । छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधि सहभागी रहेको आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता २०७८ लाई केही संशोधन गर्ने आयोगको तयारी छ । त्यसका लागि आयोगले यसअघि राजनीतिक दलहरूलाई आचारसंहिताको ड्राफ्ट अध्ययनका लागि दिएको थियो । […]

सम्बन्धित सामग्री

पाँच दलीय गठबन्धनकाे सिट बाँडफाँटको छलफल प्रभावित

काठमाडाैं । सत्तारुढ पाँच दलीय गठबन्धनमा पछिल्ला केहीदिनदेखि निरन्तर चलिरहेको प्रत्यक्षतर्फको सिट बाँडफाँटको छलफल प्रभावित भएको छ । गठबन्धन दलहरु समानुपातिकतर्फको बन्दसूची संशोधन गर्न आ–आफ्नो पार्टीको छलफलमा व्यस्त भएपछि प्रत्यक्षतर्फको सिट बाँडफाँट प्रभावित भएको हो । गठबन्धनका दलहरुभित्र निर्वाचन आयोगमा बुझाएको बन्द सूचीप्रति तीव्र असन्तुष्टिपछि संशोधनसहित मिलाउन आ–आफ्नो पार्टी छलफलमा जुटेका छन् । यसले प्रत्यक्षतर्फ […]

निर्वाचन आचारसंहिताबारे आयोगमा छलफल

निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगमा पार्टी प्रतिनिधि र आयोगका पदाधिकारीबीच छलफल सुरु भएको छ ।  छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधि सहभागी रहेको आयोगले जनाएको छ ।निर्वाचन आचारसंहिता २०७८ लाई केही संशोधन गर्ने आयोगको तयारी छ । त्यसका लागि आयोगले यसअघि राजनीतिक दलहरूलाई आचारसंहिताको ड्राफ्ट अध्ययनका लागि दिएको थियो । सोहीअनुसार आयोगले दलहरूसँग छलफल गरेको हो । दलहरूसँगको छलफलपछि आचारसंहिता पारित गर्नुपर्ने प्रावधान छ ।

'विप्लव’को नेकपा फुट्यो, नयाँ पार्टी खोल्दै हेमन्त र धर्मेन्द्र

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विभाजन भएको छ। महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले पार्टीको हितविपरीत गतिविधि गरेको भन्दै पार्टी सचिवालय सदस्य सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई पार्टीबाट निष्कासन गरेसँगै विभाजन भएको छ। ओली बास्तोलाले नयाँ पार्टी दर्ताको तयारी गरिरहेको उनीनिकट स्रोतले बतायो। स्रोतले भन्यो, ‘हामीले पहिला पनि पार्टी दर्ताको बिषयमा निर्वाचन आयोगमा पुगेर छलफल गरेका थियौँ। निर्वाचनको माह

पार्टी जीवनकै ठूलो संकटमा एमाले

५ भदौ, काठमाडौं । नेकपा एमालेबाट अलग भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचन आयोगमा पार्टी नाम परिवर्तन सहित निवेदन दिएका छन् । बुधबार नेकपा एमाले समाजवादी दर्ताका लागि निवेदन दिएको भएपनि आयोगले अर्को नाम ल्याउन भनेपछि नेकपा (एकीकृत समाजवादी) प्रस्ताव गरिएको छ । ‘एमाले राख्न नदिइएपछि हामीले नयाँ नाम प्रस्ताव गरेका छौं । चुनाव चिन्हबारे छलफल […]

नयाँ पार्टी खोल्न कानुन व्यावसायीसँग परामर्शमा ठाकुर

निर्वाचन आयोगले जसपाको आधिकारिता उपेन्द्र यादवलाई दिएपछि नयाँ पार्टी खोल्ने तयारीमा महन्थ ठाकुर र राजेन्द्र महतो लागेका छन्। उनीहरूले मंगलबार र बुधबार आफूनिकट कानुन व्यावसायीहरूसँग छलफल गरेका थिए। यादवनिकट नेता ज्ञानेन्द्र झाले यसअघि नै निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताकोलागि निवेदन दिएका छन्।  स्रोतका अनुसार, ठाकुर र महतोको चाहना पूरानो राजपा ब्युझाउँने हो तर उपेन्द्र यादवनिकट नेता हरिनारायण यादवले राजपा दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। यादवले आयोगमा नि

जसपा विवादबारे निर्वाचन आयोगको इजलासमा बहस शुरू, फैसला आउन केही दिन लाग्ने

जनता समाजवादी पार्टी (जसपा)को विवादबारे निर्वाचन आयोगको इजलासमा बिहीवारदेखि बहस शुरू भएको छ । अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर तथा ठाकुर पक्षले उपेन्द्र यादवलाई कारवाही गरेपछि विवाद निर्वाचन आयोगमा पुगेको थियो । एकले अर्कालाई गरेको कारवाहीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि यसअघि दुवै पक्षलाई बोलाएर छलफल गरेको थियो ।  अध्यक्ष यादवले मिल्न नसक्ने भन्दै प्रक्रियामा जान आयोगमा आग्रह गरेपछि आयोगको इजलास बसेको हो ।  उपेन्द्र यादव पक्षले कार्यकारीणी समिति र संसदीय दल दुवैतर्फ बहुमत रह...

आयोगमा हुन सकेन औपचारिक छलफल

निर्वाचन आयोगमा नेपाल  कम्युनिस्ट  पार्टी  (नेकपा)  का  दुई  पक्षबीच हुने भनिएको छलफल औपचारिक रूपमा  बस्न  सकेन  ।  आयोगले  शुक्रबार  निर्वाचन  प्रयोजनका  लागि  दल  दर्ता  गर्नेसम्बन्धी सूचना प्रकाशन र निर्वाचनको तयारीका सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो । आयोगले बुधबार नै नेकपाका दुई  अध्यक्ष  केपी  शर्मा  ओली  र  पुष्पकमल  दाहाल  प्रचण्डलाई  छुट्टाछुट्टै पत्र लेखी छलफलका लागि...