निर्वाचन आचारसंहिताबारे आयोगमा छलफल

निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगमा पार्टी प्रतिनिधि र आयोगका पदाधिकारीबीच छलफल सुरु भएको छ ।  छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधि सहभागी रहेको आयोगले जनाएको छ ।निर्वाचन आचारसंहिता २०७८ लाई केही संशोधन गर्ने आयोगको तयारी छ । त्यसका लागि आयोगले यसअघि राजनीतिक दलहरूलाई आचारसंहिताको ड्राफ्ट अध्ययनका लागि दिएको थियो । सोहीअनुसार आयोगले दलहरूसँग छलफल गरेको हो । दलहरूसँगको छलफलपछि आचारसंहिता पारित गर्नुपर्ने प्रावधान छ ।

सम्बन्धित सामग्री

बिरामीको बहानामा चुनाव प्रचारमा हेलिकप्टर प्रयोग गरेको उजुरी

२७ कात्तिक, काठमाडौं । निर्वाचन आयोगमा बिरामी भएको नाटक गरेर चुनावमा हेलिकप्टर प्रयोग गरेको उजुरी परेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले हेलिकप्टर प्रयोगको विषयमा दुईवटा उजुरी परेको बताए । आइतबार निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धी एकीकृत कार्ययोजना, २०७९ माथि छलफल गर्दै उनले चुनावको प्रचार गर्न बिरामी भएको नाटक गरेर हेलिकप्टर प्रयोग […]

हेलिकोप्टर प्रयोगमा संवेदनशील बन्न गृह मन्त्रालयलाई आयोगको निर्देशन

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारमा हेलिकोप्टरको प्रयोगको विषयलाई लिएर गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताएका छन्। आइतबार निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहिता कार्यान्वयनसम्बन्धी एकीकृत कार्ययोजना, २०७९ माथि छलफल गर्दै उनले हेलिकोप्टरको प्रयोगको विषयमा गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताएका हुन्। उनले चुनावको प्रचार गर्न बिरामी भएको नाटक गर्ने गरेको उजुरी आएकाले त्यसतर्फ संवेदनशील […]

निर्वाचनबारे आयोगमा छलफल गर्दै प्रधानमन्त्रीसहित शीर्ष नेताहरू (तस्वीरहरू)

काठमाडौं : आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरू निर्वाचन आयोग पुगेका छन्। मंसिर ४ मा हुने निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहित गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल,एमाले उपाध्यक्ष सुवास नेम्वाङ, माओवादी नेता लीलामणि पोखरेलसहितका नेताहरू आयोग पुगेका हुन्।आयोगले छलफलका लागि प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई बोलाएको छ। निर्वाचन आचार

आचारसंहितामा हस्ताक्षर गर्न आयोगले प्रधानमन्त्रीलाई बोलाउने

मंसिरमा हुने चुनावका लागि निर्वाचन आचारसंहिता चाँडै पूर्ण कार्यान्वयनमा जाने भएको छ । त्यसका लागि निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख राजनीतिक दलका नेताहरुलाई आगामी आइतबार आयोगमा बोलाउने तयारी गरेको छ । ‘निर्वाचन आचारसंहिता लागु गर्नेबारे छलफल र प्रतिवद्धता जनाउन प्रधानमन्त्री र गृहमन्त्रीसँग आयोगले छलफल गर्दैछ ।  उहाँहरुलगायत अन्य पार्टीका नेतासँगको छलफलपछि आयोगले निर्णय गर्छ’, आयोगका एक आयुक्तले रातोपाटीसँग भने, ‘सम्भवत आइतबार प्रधानमन्त्रीको सम

दलका प्रतिनिधिसँग निर्वाचन आयोगको छलफल जारी

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आचारसंहिता लगायतका विषयमा निर्वाचन आयोगमा छलफल जारी छ ।  बुधबार निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतनिधित्व गर्ने १२ दलका प्रतिनिधिसँग छलफल गरेको हो ।  आचारसंहितासँगै समसामयिक विषयमा छलफल हुने आयोगले जनाएको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते हुँदैछ ।

निर्वाचन आचारसंहिताबारे आयोगमा सुरु भयो राजनीतिक दलहरुसँगको छलफल

काठमाडौं । निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगमा छलफल सुरु भएको छ । आयोगले राजनीतिक दलहरुसँग छलफल सुरु गरेको हो ।  छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधि सहभागी छन् ।  निर्वाचन आचारसंहिता २०७८ लाई संशोधन गर्ने आयोगको तयारी छ । सोहीअनुसार आयोगले दलहरुसँग छलफल गरेको हो ।

निर्वाचन आचारसंहिताबारे आयोगमा पार्टी प्रतिनिधि र पदाधिकारीबिच छलफल सुरु

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे पार्टी प्रतिनिधि र आयोगका पदाधिकारीबिच छलफल सुरु गरेको छ । छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधि सहभागी रहेको आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता २०७८ लाई केही संशोधन गर्ने आयोगको तयारी छ । त्यसका लागि आयोगले यसअघि राजनीतिक दलहरूलाई आचारसंहिताको ड्राफ्ट अध्ययनका लागि दिएको थियो । […]

दलहरूले भने– ‘निर्वाचन आचारसंहिता पालना गर्छाैँ’

काठमाण्डाै – आउँदाे वैशाख ३० गते हुने स्थानीय तह चुनावमा निर्वाचन आचारसंहितालाई पालना गर्न राजनीतिक दलहरूले प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीय तह चुनावमा भाग लिन निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलसँग निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउनका लागि आज मङ्गलवार छलफल गरेको थियो ।  छलफलका लागि निर्वाचन आयोगको कार्यालयमा पुगेका राजनीतिक दलका प्रतिनिधिले निर्वाचन आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्नका लागि पालना गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको निर्वाचन आयोगका प्र...

निर्वाचन आचार संहित पालना गर्न आयोगको आग्रह

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको तयारीको सम्बन्धमा राजनीतिक दलहरूसँग छलफल गरेको छ ।आयोगले शुक्रबार स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरूसँग आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सम्बन्धमा छलफल गरेको हो । छलफलका क्रममा आयोगले निर्वाचन तयारीको सम्बन्धमा गरेका कामहरू राजनीतिक दलका प्रतिनिधिहरूलाई सुनाएको र निर्वाचन आचारसंहिता लगायतको विषयमा […]