भारतको उत्तराखण्ड राज्यको राजधानी देहरादूनबाट १७० किलोमिटर पर रहेको चक्रातामा आइतवार बिहान सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।
गाडी सडकबाट ३०० फीट तल खाल्डोमा खसेको थियो ।
‘अहिलेसम्म १३ जनाको मृत्यु भएको छ । स्थानीय गाउँलेहरूको सहायतामा घटनास्थलबाट शव बरामद गरिएको छ,’ चक्राता स्टेसन हाउस अफिसर सत्येन्द्र भाटीले बताए ।
दुर्गम स्थानमा भएकाले दुर्घटनास्थलमा पुग्नका लागि उद्धारकर्मीहरूलाई गाह्रो भएको पनि उनले जानकारी दिए ।
मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनाको छानब...