भैरहवा विमानस्थलमा पुन: उडान सुरु

काठमाडौँ । बुद्ध एयरको जहाजको टायर पड्किएपछि अवरुद्ध भएको भैरहवाको गौतमबुद्ध विमानस्थलमा उडान –अवतरण फेरि सुरु भएको छ । शनिवार (आज) दिउँसो काठमाडौँतर्फ आउँदै गरेको बुद्ध एयरको जहाजको टायर टेकअफका क्रममा पड्किएपछि जहाज रनवेमै अड्किएको थियो । जहाज धावनमार्गबाट ट्याक्सी वेमा सारिएको र प्राविधिक टिमले जाँच गरिरहेको बुद्ध एअरले जनाएको छ ।

सम्बन्धित सामग्री

पोखरामा रात्रिकालीन उडान सुरु भएसँगै पर्यटन व्यवसायी उत्साहित

कास्की – पोखरामा रात्रिकालीन उडान सुरु भएसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई 'हब' बनाएर बुद्ध एअरले चार वटा आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु गरेपछि पोखराका पर्यटन व्यवसायीमा खुसी छाएको हो । बुद्ध एअरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २५ गते रातिदेखि काठमाण्डाै, भद्रपुर, भैरहवा र नेपालगञ्जबाट रात्रिकालीन उडान सुरु गरेको छ । यी चारै गन्तव्यका जहाजको रात्रि विश्राम पोखरामा भएको छ । यी जहाज बिहानै काठमाण्डौ, भद्रपुर, भैरहवा र नेपालगञ्जका लागि ...

जजिराले सुरु गर्यो भैरहवाबाट कुवेतको दैनिक उडान

नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलबाट दैनिक अन्तराष्ट्रिय उडान सुरु भएको छ । साताको ३ दिन उडान भरिरहेको जजिरा एयरलाइन्सले शुक्रबारबाट भैरहवा–कुवेत दैनिक उडान सुरु गरेको हो । यात्रुहरूको चाप बढ्दै गएको र भैरहवा रुटको उडान व्यावसायिक रुपमा पनि सफल भएको पाएपछि नियमित उडान सुरु गरेको जजिरा एयरलाइन्सका नेपालस्थित कमर्सियल व्यवस्थापक अमित नागरथले बताए ।  यो विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान जजिराले जेठ २  बाट गर्दै आएको छ । कुवेतबाट जजिराको जेजे

भैरहवा विमानस्थलबाट जजिरा एअरवेजले हप्तामा सात उडान गर्ने

काठमाण्डाै - गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एअरवेजले हप्तामा सातवटा उडान सुरु गरेको छ । गएको जेठदेखि हप्ताको तीन उडान भर्दै आएको कुवेतको जजिरा एअरवेजले अबदेखि सात उडान सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।   भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक यात्रामा जाने यात्रुको सङ्ख्या बढ्दै गएपछि जजिरा एअरवेजले आफ्नो उडान हप्तामा सातै दिन राखेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो । अबुधावी बेस रहेको विज एअरले पनि भैर...

भैरहवा विमानस्थलमा हिमालय एयरको परीक्षण उडान

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले जजिरा एयरवेजले मात्र अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ। गएको जेठ २ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सुरु भएको थियो। उक्त विमानस्थलमा जजिरा एयरले हप्तामा सोमबार, बुधबार र शनि...

भैरहवा विमानस्थलमा हिमालय एयरको परीक्षण उडान

जजिरा एयरले मात्रै उडान गर्दै आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले पनि परीक्षण उडान सुरु गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार हिमालय एयरलाइन्सले पाइलटको ट्रेनिङ फ्लाइटअन्तर्गत उक्त परीक्षण उडान सुरु गरेको हो । नेपाली वायुसेवा कम्पनी हिमालयले बिहीबार अपराह्न १२ बजेदेखि साँझ ५ बजेसम्म पाइलटहरूको ट्रेनिङका लागि परीक्षण उडान गरेको प्राधिकरणका महानिर्देशक तथा इञ्जिनियर प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार पहिलो पटक भैरहवा अन्तर

गौतमबुद्ध विमानस्थलमा पहिलो परीक्षण उडान नेपाल एअरलाइन्सले

काठमाण्डो – भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को जहाजले गर्ने भएको छ । आउँदो वैशाख १ गते वायु सेवा निगमको जहाजले परीक्षण उडान गर्ने तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । भैरहवा विमानस्थलबाट व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने अन्तिम तयारीअनुसार काम भइरहेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताउनुभयो । आउँदो वैशाख १ गते परीक्षण उडान गर्ने र बुद्ध जयन्तीका दिन अर्थात् जेठ २ गतेदेखि व्यावसा...

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान, एघार कम्पनीको चासो

भैरहवा, चैत १८ गते। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने अन्तिम तयारी भइरहेको छ।  वैशाख १ गते परीक्षण उडान गर्ने र बुद्ध जयन्तीका दिन जेठ २ गते व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको योजना छ । परीक्षण उडान भने वैशाख १ गते नेपाल वायुसेवा निगमले गर्नेछ। 'क्यालिब्रेसन' उडान भइसके पनि प्रतिवेदन आउन बाँकी छ। फागुन पहिलो साता भएको ‘क्यालिब्रेसन' उडानको अन्तिम प्रतिवेदन ४२ दिनमा आउने बताइएको छ।बौद्

गौतमबुद्ध  विमानस्थलमा यान्त्रिक परीक्षण उडान सुरु, अरु उडान प्रभावित हुने

काठमाण्डाै – भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान अर्थात क्यालिब्रेशन फ्लाइट सुरु भएको छ । उडानका लागि ल्याएको जहाजले ३० घण्टा भन्दा धेरै उडान गरेर विमानस्थलमा जडित यान्त्रहरुको परीक्षण सम्पन्न गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आजदेखि सुरु भएको उडानमा जहाजले दैनिक पाँच घण्टाभन्दा बढी उडान भर्नेछ । क्यालिब्रेशन फ्लाइटका क्रममा बिहान ११ बजेदेखि दिउँसो साढे ४ बजेसम्म भैरहवा विमानस्थलको उडान रोकिने छन् । कम उचाइमा जताततै उडेर विमानस्थलमा जडित यन्त्रको परीक्षण गर्नुपर्...

गौतमबुद्धमा परीक्षण उडान

काठमाडौं । भैरहवा निर्माण सुरु भएको ८ वर्षपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान सुरु हुने भएको छ। २०७९ जेठ २ गते बुद्ध पूर्णिमाबाट विमानस्थलको व्यवसायिक उडान सुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।२०७१ साल माघमा शिलन्यास भएको विमानस्थल आयोजनाको ८ पटक म्याद थप गरेर भौतिक संरचना, संचार उपकरण जडानलगायत सबै काम सम्पन्न गरिएको […]