पर्सा : रोपाइँको गीत गुञ्जिने बेलामा पर्साका खेतमा दमकलको पानी लगाएर धान रोप्न थालिएको छ। साउनको दोस्रो साता बित्दासमेत पानी नपरेपछि रोपाइँका लागि दमकलको भर पर्नुपरेको हो। किसान चर्को मूल्य तिरेर खेतमा रोपाइँ गर्न पानीका लागि दमकल लगाएका छन्। रोपिएको धान पनि चर्को घामले सुक्ने हो कि फल्ने हो भनेर किसान चिन्तित छन्।डिजलबाट चल्ने दमकलको भाडा प्रतिघण्टा ४ सय रुपैयाँ र बिजुलीबाट चल्नेको मूल्य प्रति घण्टा ३ सय रुपैयाँ तिर्नु परेको पोखरिया–४ का सन्तोषप्रसाद चौहानले बताए। गण्डक नहरमा पा