समयमा वर्षा नभएकाले रोपाइँ ढिलो

रौतहट । आकाशे पानीको भरमा धान रोप्दै आएका रौतहटका किसान समयमा वर्षा नहुँदा चिन्तित भएका छन् । गतवर्ष यो समयमा अधिकांश स्थानमा रोपाइँ शुरू भइसकेको थियो । तर यसपाली अधिंकाश भूभागमा धान रोपाइँका लागि पर्याप्त वर्षात् हुन नसक्दा रोपाइँ नभएको किसानहरू बताउँछन् । मनसुन शुरू भए पनि रौतहटमा अहिलेसम्म पर्याप्त पानी परेको छैन । केही दिन अघिदेखि पानी परे पनि रोपाइँका लागि पानी अपुग भएकोे चन्द्रपुर–४ का कृषक मीनप्रसाद मैनालीले बताए । आकाशे पानीको भर नभएपछि मोटरबाट सिँचाइ गरी धान रोपाइँ गरेको उनको भनाइ छ । उनका अनुसार यहाँका किसानले आकाशे पानी र बोरिङको भरमा रोपाइँ गर्दै आएका छन् । कतिपयले महँगो मूल्य तिरेर बोरिङबाट सिँचाइ गरी धान रोपेका छन् । पछिल्लो समय कामदार नपाइने समस्याका कारण कतिपय किसानले खडेरीमै रोपाइँ गरेका हुन् । तर धेरैजसो किसान वर्षात्को पर्खाइमा बसेका छन् । पर्याप्त पानी हुँदा उहाँका किसानले जेठको अन्तिम सातादेखि नै रोपाइँ शुरू गर्छन् । यो वर्ष पर्याप्त पानी नपरेकाले किसानले बनाएका धानको ब्याड पनि छिप्पिएको छ । आकाशे पानीको भर पर्दा जिल्लाको अधिकांश भूभागमा रोपाइँ नै हुन नसकेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । समयमै धान रोप्न नपाउँदा धान उत्पादन समेत घट्न सक्ने भन्दै किसान चिन्तित बनेका छन् । कुल १ लाख १२ हजार ६०० हेक्टर खेतीयोग्य जमीन रहेको रौतहटमा झन्डै ४९ हजार ३०० हेक्टरमा धानखेती गरिन्छ । 

सम्बन्धित सामग्री

पर्याप्त वर्षा नहुँदा बारामा ८० प्रतिशत मात्र रोपाइँ

बारा– समयमै पर्याप्त पानी नपरेकाले बारामा हालसम्म ८० प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको छ ।  बारा कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्रप्रसाद यादवका अनुसार यो वर्ष जिल्लामा वर्षे भदैया, अगहनी गरी कूल ४६ हजार २० हेक्टर जमिनमा धान रोपाइँ गर्ने लक्ष्य लिएकोमा खडेरीले लक्ष्यअनुसार रोपाइँ गर्न नभ्याइएको बताए ।  वर्षा नभएपछि किसानले भूमिगत सिँचाइ, गण्डक नहर, […]

कञ्चनपुरमा सकियो ८० प्रतिशत रोपाइँ

'समयमै वर्षा नहुँदा यसपटक केही ढिला रोपाइँ सुरु भयो, जिल्लाभर अहिलेसम्म ८० प्रतिशत रोपाइँ सकिएको छ,' उनले भने, 'अहिले निरन्तर वर्षा भइरहेकाले केही दिनमै रोपाइँ सकिन्छ ।'

प्रयाप्त वर्षा नहुँदा देशभर धान रोपाइँ प्रभावित

काठमाडौं । असार महिनामा प्रयाप्त वर्षा नहुँदा देशभर धान रोपाइँ प्रभावित भएको छ । असारमा हुनुपर्ने रोपाइँ गत वर्षको तुलनामा ११ प्रतिशत कम भएको छ । कृषि मन्त्रालयको तथ्यांक अनुसार असार अन्तिमसम्ममा देशभर कुल ९ लाख ७० हजार ४ सय ८४ हेक्टर क्षेत्रफल अर्थात कुल रोपाइँ हुने क्षेत्रफलको ६५ प्रतिशत रोपाइँ सकिएको छ । गत […]

वर्षा नभएपछि हुन सकेन धान रोपाइँ

महोत्तरी – मध्य असारयता वर्षा नभएपछि मधेसको मध्य भेगको महोत्तरीमा धान रोपाइँ हुन सकेको छैन। महोत्तरीबाहेकका मधेसका अन्य जिल्लामा पनि सिञ्चितबाहेकका आकाशे पानीको भरका खेतमा रोपाइँ हुन नसकेको हो। मध्य असारमा धान रोप्न हिल्याइएका खेत अहिले सुकेका छन्। ब्याड पनि लगातार पानी नपाउँदा पहेँलिन थालेको महोत्तरीका किसानले बताएका छन्। असार सिद्धिनै लाग्दासम्म धान रोपाइँले गति […]

मल अभावसँगै पर्याप्त वर्षा नहुँदा प्रदेश–१ मा धान रोपाइँ प्रभावित

काठमाडौँ – मलको अभावका बीच प्रदेश १ मा हालसम्म ४८.६४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। मल अभावसँगै पर्याप्त मात्रामा वर्षा नहुँदा रोपाइँ प्रभावित भएको किसानहरुले गुनासो गरेका छन्। प्रदेश १ स्थित खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखाका प्रसार अधिकृत अभिमन्यु अधिकारीका अनुसार पछिल्लो समय वर्षाको कमिका कारण रोपाइँ हुन नसकिरहेको हो। प्रदेशका १४ जिल्लाको […]

ताप्लेजुङमा ४५ प्रतिशत रोपाइँ

काठमाडौँ,२२ असार । निरन्तर वर्षा भएसँगै ताप्लेजुङमा ४५ प्रतिशत धान रोपाइँ सकिएको छ । असारको तेस्रो सातासम्ममा ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । लेकाली तथा बाँझो जमिनमा धान रोपाइँ सम्पन्न भएको हो । रोपाइँ सुरु गर्ने समयदेखि नै वर्षा भएकाले जिल्लाका किसानले अहिले पनि सहजरुपमा रोपाइँ गरिरहेका कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालयका प्राविधिक सहायक […]

वर्षाले किसान खुसी, रोपाइँ गर्ने चटारो

बैतडी : केही दिनदेखि भइरहेको वर्षाले बैतडीका किसान खुसी भएका छन्। वर्षापछि रोपाइँ गर्न पाएको र वर्षे बालीलाई पनि राहत पुगेपछि यहाँका किसान खुसी भएका हुन्। वर्षा नभएर रोपाइँ गर्न नसकिएको र मकै, भटमास लगायतका वर्षे बाली सुक्ने अवस्थामा पुगेका थिए।रोपाइँका लागि पनि वर्षा निकै राहत पुगेको बैतडीको दोगडाकेदार–३ श्रीकोटका किसान मानसिंह विष्टले बताए। उनले भने, ‘यसअघि वर्षा नहुँदा रोपाइँ गर्न सकिएको थिएन, रोपाइँ पनि गरियो, वर्षे बालीलाई पनि राहत भएको छ।’ यसअघि असार पहिलो सातासम्म व

निरन्तर वर्षा, समय अघिनै उदयपुरमा रोपाइँ सुरु

निरन्तर पानी पर्न थालेपछि उदयपुरमा समयअघि धान रोपाइँ सुरु भएको छ । त्रियुगा नगरपालिका क्षेत्रको जोगिदह, पोर्ताह, लक्ष्मीपुर, भुल्के, कौवाइजस्ता स्थानमा दैनिक वर्षा भएकाले  समय अघिनै धान रोपाइँ सुरु गरिएको हो ।निरन्तर वर्षा सुरु भएसँगै  चौदण्डीगढी नगरपालिकाको सुन्दरपुर, देबधारसहित बेलका नगरपालिकाको तपेश्वरी क्षेत्रमासमेत समय अगाडि नै रोपाइँ सुरु भएको सम्बन्धित क्षेत्रका किसान बताउँछन् । समय अगाडि नै धान रोपाइँ गरिएकामा त्रियुगा नगरपालिका– ३ भुल्केका एक किसान रामशरण चौधरीले भने,&ld

निरन्तर वर्षा, समय अघिनै रोपाइँ सुरु

काठमाडौँ,१३ असार । वर्षायाम सुरु भएसँगै निरन्तर पानी पर्न थालेपछि धान रोपाइँ सुरु गर्ने समय अघि नै जिल्लामा धान रोपाइँ गर्न थालिएकोे छ । त्रियुगा नगरपालिका क्षेत्रको जोगिदह, पोर्ताह, लक्ष्मीपुर, भुल्के, कौवाइजस्ता स्थानमा दैनिक वर्षा भएकाले समय अघिनै धान रोपाइँ सुरु गरिएकोे हो ।निरन्तर वर्षा सुरु भएसँगै चौदण्डीगढी नगरपालिकाको सुन्दरपुर, देबधारसहित बेलका नगरपालिकाको तपेश्वरी क्षेत्रमासमेत […]

वर्षा नहुँदा रोपाइँ गर्न समस्या

समयमै वर्षा नहुँदा यहाँका किसानलाई रोपाइँ गर्न समस्या भएको छ। आकाशे पानीको भरमा धान रोप्दै आएका किसान वर्षा नहुँदा समस्यामा परेका हुन्। जिल्लाको यहाँ अधिकांश क्षेत्रमा आकाशे पानीको भरमा रोपाइँ गर्ने गरिएको छ।...