भरतपुरको मेयर बन्न विजय सुवेदीले दिए प्रदेश सांसदबाट राजीनामा

नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको मेयरमा सर्वसम्मत सिफारिस भएका वागमती प्रदेशका प्रदेश सांसदबाट विजय सुवेदीले राजीनामा दिएका छन् ।

सम्बन्धित सामग्री

भरतपुर महानगरको मेयर उम्मेदवार विजय सुवेदीसँग एक दिन (भिडिओ)

वागमती प्रदेशसभा सदस्यबाट राजीनामा दिएर भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनकी उम्मेदवार रेनु दाहाललाई चुनौती दिन मैदानमा उत्रिएका हुन्, एमाले नेता विजय सुवेदी ।

चितवनमा गठबन्धनले मलाई हराउन सक्दैन : सुवेदी

चितवन :  वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेबाट विजय सुवेदी उठ्ने भएका छन्।०७४ सालको प्रदेशसभाको निर्वाचनमा चितवनको क्षेत्र नम्वर २ को २ ख बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका उनले भरतपुरको मेयर उठ्न प्रदेशसभा सदस्यबाट राजीनामा दिइसकेका छन्।गठबन्धनबाट भरतपुर महानगरपालिकाको मेयर माओवादीले पाउने सहमति भएको छ। माओवादीबाट पुरानै मेयर तथा माओवादी अध्यक्ष प्रचण्डपुत्री रेनु दाहाल उठ्ने पक्का छ। उनले फेरि उम्मेदवारी दिनका लागि राजीनामा