नेपालले अफगानिस्तानलाई मानवीय सहायता पठाउने भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको पहलमा नेपालबाट अफगानिस्तानका जनताको लागि सहायता पठाउन लागिएको परराष्ट्र मन्त्रालयले बताएको छ ।
आइतवार बिहान हिमालय एयरलाइन्सको चार्टर्ड फ्लाइटबाट अफगानिस्तानमा सहायता सामग्री लैजान लागिएको हो ।
चार्टर्ड फ्लाइटमा नेपालको तर्फबाट औषधि, लत्ताकपडा र खाद्यन्न सामग्रीहरू पठाउन लागिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
तर, यी सामग्रीहरू नेपाल सरकारको पहल र खर्चमा अफगानिस्तान पठाउन लागिएको भने होइन ।
&...