सुनसरीको इटहरी उपमहानगरपालिकामा एमालेले स्थानीय निर्वाचनका लागि प्रमुख र उपप्रमुखका उम्मेदवार सिफारिस गरेको छ ।सिफारिसमा पर्नेहरुमा एमालेका केन्द्रीय सदस्य तैयाब हुसेन, लक्ष्मी गौतम, अमृता सुब्बा, प्रदेश सदस्य रामप्रसाद चौंलागाई, जिल्ला सदस्य तथा नगर अध्यक्ष यामकुमार सुब्बा र जिल्ला सदस्य रेवती घिमिरे रहेका छन् । यस्तै उपप्रमुखमा प्रदेश सदस्य कमला श्रेष्ठ, जिल्ला सदस्य अम्बिका चौधरी, गायत्री चौधरी र संगीता चौधरी रहेका छन् । इटहरी नगरपालिकाको प्रमुखको उम्मेदवार सिफारिसमा भने वर्तमान मेयर द्व