२०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट पारित प्रचण्डपथ माओवादी आन्दोलन र जनयुद्धमा गहिरोसँग स्थापित भयो । शान्ति प्रक्रियाका केही वर्षपछि प्रचण्डपथको चर्चा सेलायो, खासगरी प्रचण्डकै चाहनामा प्रचण्डपथ उच्चारण र त्यसको बहसलाई बेवास्ता गरियो ।
आफ्नै नामसँग जोडिएर संश्लेषण गरिएको त्यस विचारलाई प्रचण्डले व्यक्ति महिमा वा व्यक्तिवादी महत्त्वाकांक्षा जस्तो अर्थ लाग्नसक्छ भन्ने मनशायले बेवास्ता गर्दै गए ।
त्यसको २ दशकपछि राष्ट्रिय सम्मलेनको पूर्व सन्ध्यामा प्रचण्डपथ पुनः चर्चामा ल्याइयो । त्यो पनि संगठन विभाग प्रमुखले प्रचण्डपथको आवश्यकताबारे पार्टी कार्...