नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख एवम् अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले प्रचण्डपथ त्याग्नु आफूहरूको गल्ती भएको र सोहीकारण माओवादी नेताहरू तितरवितर भएको बताएका छन् । पार्टी समर्थित जनकलाकार संघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता एवम् मन्त्री शर्माले प्रचण्डपथले माओवादीलाई एकढिक्का बनाएर राखेकोमा सो त्यागिएपछि समस्या भएको उल्लेख गरेका हुन् । वि.सं. २०५७ माघ २६ देखि फागुन १ गतेसम्म चलेको माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनले पार