काठमाडौँ । एसीसी महिला टी-२० च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले कुवेतलाई २५ रनले पराजित गरेको छ । नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो । शनिबार दोस्रो जित निकाल्ने क्रममा नेपालले १०८ रनको लक्ष्य पछ्याएको कुवेतलाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८२ रनमात्र बनाउन दियो । कुवेतका लागि कप्तान अम्ना तारिक १४, मर्याम ओमर […]