नेपाली यू–२० राष्ट्रिय फुटबल टोलीले साफ यू–२० च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–० गोलअन्तरले हराएको हो । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपाललाई जित दिलाउन आयुस घलान, कृतिस राना र मयांक नकर्मीले एक–एक गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा तीन गोल गर्यो । खेलको ५८औं मिनेटमा आयुसले गोल गर्दै नेपाललाई अग्रता दिलाए । ६५औं मिनेटमा कृतिसले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे ।&n